सुर्खेत, १५ माघ ।
हरियो हिरा कृषि तथा जडिबुटि विकास सहकारी संस्था लिमिटेडको कार्यालय भवन विहिबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । सुर्खेतको उत्तरगंगास्थित फलाटेमा सहकारीले कार्यालय भवन शिलान्यास गरेको हो ।

महाशिवरात्रीको अवसर पारि संस्थाका सदस्य तथा बयोबृद्ध ७६ बर्षिय पिपला बुढाले शिलान्यास गरेका थिए । भवन करिब १५ लाख रुपैयाँमा सम्पन्न गरिने संस्थाका सचिव भवानीप्रसाद चालिसेले बताए ।
आर्थिक वर्ष २०७१÷०७२ भित्र सम्पन्न गर्ने गरी कार्य शुरु गरिएको सचिव चालिसेले जानकारी दिए । कार्यक्रममा संस्थाका शेयर सदस्य, पदाधिकारी तथा स्थानीयहरुको सहभागीतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष कर्णबहादुर बुढाको सभापतित्वमा सम्पन्न भएको थियो ।
संस्थाको स्थापना लगायत विभिन्न कृषि सम्बन्धी नयाँ नयाँ प्रविधीहरु भित्राउँदै किसानहरुलाई कृषि सम्बन्धि नयाँ–नयाँ कार्यहरु गर्न सिकाइने समेत सचिव चालिसेको भनाइ छ । संस्था स्थापना भैसकेपनि स्थानीय कृषकहरुले विभिन्न जातका तरकारी, विउविजन तथा बेमौसमी तरकारीहरु उत्पादनमा सहयोग गरिने पनि संस्थाले जनाएको छ । कार्यक्रममा उत्तरगंगा गा.वि.स. स्थित विभिन्न वडाका प्रतिनिधी तथा किसानहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment