Thursday, February 27, 2014

भैरव प्राविको बार्षिकोत्सव

सुर्खेत, १५ फागुन ।
भैरव प्रावि गाँडापानी हरिहरपुर–२, सुर्खेतको २४ औं अभिभावक भेला तथा बार्षिकोत्सव सम्पन्न भएको छ । पूर्व विव्यस अध्यक्ष पदमबहादुर डांगीको प्रमुख आतिथ्यता एवंम विव्यस अध्यक्ष पदमबहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक तारा पोखरेलले विद्यालयको आय–व्यय तथा बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले शान्ति क्षेत्र घोषणा गरिएको छ ।
शान्ति क्षेत्र घोषणा गरेपछि विद्यालय हाताभित्र राजनीतिक गतिविध्,ि द्वन्द्धात्मक गतिविधि गर्न निषेध गरिएको छ । बालमैत्रीपूर्ण वातावरणमा दण्डरहित शिक्षण सिकाई क्रियाकलाप गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै प्रतिवद्ध रहेको घोषणा गरिएको छ ।

No comments:

Post a Comment