Thursday, February 27, 2014

अन्तरक्रिया कार्यक्रम

सुर्खेत, १५ फागुन ।
राष्ट्रिय खेलकुद महासंघ सुर्खेतले सोमबार परिचयात्मक अन्तरक्रिया कार्यक्रम गरेको छ । सुर्खेत स्थित विभिन्न खेलकुन सम्बन्धी संघ संस्थाका पदाधिकारी, खेलाडी एवम प्रशिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा खेल क्षेत्रको समस्या र सम्भावनका बिषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको अवसरमा महासंघ सुर्खेत शाखाले महासंघका केन्द्रीय सदस्य केसीको कार्याकाल सफलताको कामना गर्दै सम्मान समेत गरेको छ । महासंघका केन्द्रीय सदस्य प्रदिप केसीको प्रमुख आथित्यतामा एवम महासंघ सुर्खेतका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालाराम शर्मा लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment