सुर्खेत, १५ फागुन ।
लाटीकोइलीमा रहेको काँक्रेविहारमा विहिबार शिवरात्रिका अवसरमा चर्चित पर्यटकीय स्थलका रुपमा रहेको काँक्रेविहारमा निःशुल्क भ्रमणको व्यवस्था गरिएको थियो । लाटीकोइलीको शिव मन्दिरको प्राङगणमा लागेको मेलामा सहभागी दर्शालुलाई पर्यटकीय स्थल काँक्रेविहारको प्रचार प्रसार गर्न निःशुल्क रुपमा बसबाट काँक्रेविहार भग्नावशेषमा भ्रमण गराइएको स्थानीय बौद्ध क्लबका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।

शिव मन्दिर परिसरबाटै काँक्रेविहारको भ्रमण गर्न चाहने भक्तजनलाई बसमा निःशुल्क रुपमा भग्नावशेष भएको स्थानसम्म पु¥याउने व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिए । प्राचिन कालमा कुनै ठूलो दरबार भएको अनुमान गरिएको काँक्रेविहार भग्नावशेष क्षेत्र वरिपरिको वन क्षेत्रलाई संरक्षण गरेर राखिएको छ भने भग्नावशेषको पुनः निर्माणको काम सुरु भएको छ तर भग्नावशेष स्थलमा बुद्धको मूर्ति राख्ने विवादले लामो रुप लिंदा अहिले कुनै पनि काम भएको छैन ।
शिव मन्दिरमा विहिबार दर्शालु भक्तजनको भिड लागेको छ । व्यवस्थित रुपमा पूजाआजा गर्न मेला आयोजक समितिले विभिन्न व्यवस्थापन समिति पनि गठन गरेको छ । यहाँका वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानका मन्दिर, उपत्यका बाहिर, अवलचिङ्ग गाविसको धरमपोखरा, मटेलाको ठाटी बजार, छिन्चुको छिन्चु बजार, पूर्वी सुर्खेतका बोटेचौर, जामुने बजार, राकम लगायतका बजार क्षेत्रमा पनि मन्दिरमा पुगेर भक्तालुजनले शिवरात्रि मनाएका छन् ।
No comments:
Post a Comment