दैलेख, १५ फागुन ।
जिल्ला विकास समिति दैलेखले आगामि आर्थिक वर्ष २०७०÷०७१ का लागि झण्डै ३ अर्व रुपैयाँ प्रस्ताव गरेको छ । जिल्ला विकास समिति दैलेखले वुधवार उद्घाटन गरेको जिल्ला परिषद्मा आगामि वर्षका लागि २ अर्व ९१ करोड ९९ लाख २ हजार रुपैयाँ वजेट प्रस्ताव गरेको हो ।

जसमा चालुतर्फ १ अर्व २६ करोड ८४ लाख ४९ हजार र पुँजीगत तर्फ १ अर्व ६५ करोड १४ लाख ५३ हजार रहेको छ । जिल्ला विकास अन्तरगतका कार्यालय, कार्यक्रम र आयोजनाहरुको आर्थिक वर्ष २०७१÷०७२ को प्रस्तावित वजेट ९५ करोड ९१ लाख ८९ हजार रहेको परिषदमा जनाइएको छ ।
बजेट प्रस्तुत गर्दै स्थानीय विकास अघिकारी विश्वप्रकास अर्यालले दैलेखमा बिभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको स्विकृत बजेट रहेकाले यो संशोधित आय–ब्याय बिवरण रहेको जनाएका छन् । परिषद्मा जिल्लाको बिकासका लागि महत्वपुर्ण आयोजनाहरु मध्ये मध्यपहाडी राजमार्ग, कर्णाली सहायक राजमार्ग, सुन्दर नगरको परिकल्पना, लोहोरे जलबिद्युत र माथिल्लो कर्णाली जलविद्युत परियोनाजनाका बारेमा छलफल चलाईएको थियो ।
No comments:
Post a Comment