Wednesday, February 26, 2014

जिविस सुर्खेतको बजेट सवा ३ अर्ब

सुर्खेत, १४ फागुन ।
जिल्ला विकास समिति सुर्खेतले आगामी आर्थिक बर्ष २०७१÷०७२ का लागि ३ अर्ब १६ करोड ४७ लाख ४० हजार बजेट प्रस्ताव गरेको छ ।
बुधबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले सो बजेट सहितको नीति तथा कार्यक्रम प्रस्ताव गरेका हुन् । चालु खर्च तर्फ ५६ दशमलव ३ र पुँजीगत तर्फ ४३ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । चालु खर्च तर्फ १ अर्ब ७८ करोड ११ लाख १० हजार र पुँजीगत खर्च तर्फ १ अर्ब ३८ करोड ३६ लाख  प्रस्ताव गरिएको हो ।  प्रस्तावित बजेटमा पूर्वाधार तथा संरचना अन्तर्गत ३८ करोड ४६ लाख ८२ हजार, कृषि तथा वातावरण अन्तर्गत २० करोड ६७ लाख ८ हजार बजेट रहको छ । जनसंख्या तथा सामाजिक समिति अन्तर्गत १ अर्ब ६५ करोड ४३ लाख  ४१ हजार र भूमि तथा जलस्रोत अन्तर्गत ९१ करोड ९० लाख ८ हजार प्रस्ताव गरिएको छ ।  जिल्लाको कुल बजेटमा जिल्ला विकास समितिको कार्यालयले मात्रै ६६ करोड ५५ लाख ९६ हजार अर्थात २१ प्रतिशत प्रस्ताव गरेको स्थानीय विकास अधिकारी क्षेत्रीले बताए । बजेट ६४ करोड ४६ लाख ६१ हजार नेपाल सरकारबाट अनुदान तथा आन्तरिक राजश्व बाँडफाँडबाट २ करोड ९ लाख ३५ हजार रहेको छ ।

चालु आ.ब.को माघ मसान्त सम्ममा चालु तर्फ ९ करोड ९७ लाख ९५ हजार तथा पुँजीगत तर्फ ३ करोड २ लाख ६४ हजार गरी १३ करोड ५९ हजार खर्च भएको बताइएको छ । जिल्ला विकास समिति र जिल्ला प्राविधक कार्यालयले चालु आब २०७०÷०७१ भन्दा आगामी आ.ब. लागि २० दशमलव ४ प्रतिशतले बढी बजेट प्रस्ताव गरेको छ । स्थानीय विकास अधिकारी क्षेत्रीले गत आर्थिक बर्ष २०७९÷०७० को जिल्ला विकास समिति र प्राविधिक कार्यालयको जम्मा गरी ४१ करोड ६९ लाख ४६ हजार थियो । चालुको ५ करोड ९० लाख ५३ हजार प्रस्ताव भएकोमा आगामी आब २०७१÷०७२ का लागि ७५ करोड ५५ लाख ९६ हजार प्रस्ताव गरेको छ ।
जिल्ला परिषद्को उद्घाटनपछि बोल्दै संविधानसभा सदस्य लालबहादुर घलेले प्राकृतीक रुपले सुर्खेत सम्पन्न भएपनि विकास निर्माणका दृष्टिले पछाडी परेको भन्दै अब विकास निर्माणलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताए । मध्यपश्चिमका क्षेत्रीय प्रशासक ङइन्द्रप्रसाद उपाध्यायले सुर्खेत जिल्लाको आर्थिक तथा पर्यटन विकासका सुहाँदो नीति तथा कार्यक्रहरु प्रस्तुत गरिएकाले योजनालाई कार्यन्वयमा ध्यानदिनु पर्नेमा जोड दिए । उनले छुट्याइएको बजेट बजेटको समयमै फस्र्यौट गर्नका लागि गम्भीर स्थानीय निकायहरुलाई निर्देश गरेका थिए । परिषदमा निवर्तमान संविधानसभा सदस्य द्वय यामलाल कंडेल र नरबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर एवं विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment