Wednesday, February 26, 2014

राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सव–२०७० सुरु


सुर्खेत, १४ फागुन ।
‘राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सव–२०७०’ को बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
बुधबारदेखि २२ गतेसम्म सुर्खेतमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको बुधबार उद्घाटन गरिएको हो । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवालाहरुले महोत्सवले पर्यटन तथा शैक्षिक विकासमा सहयोग गर्ने उद्देश् बोकेको भन्दै सफलताको शुभकाना व्यक्त गरेका छन् । पर्यटन विकास मञ्च सुर्खेत मुख्य आयोजक रहेको महोत्सवबाट दश करोडको बराबर कारोबार हुने अनुमान गरिएको छ । सुर्खेत जिल्लाको पर्यटन गुरु योजना निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सव अवधीमा निर्वाचन क्षेत्र स्तिरीय पर्यटकीय क्षेत्र भ्रमण कार्यक्रम पनि राखिएको छ ।
महोत्सवमा मुख्य गरी पर्यटन तथा शैक्षिक पर्बद्धनका लागि सहयोग पुग्ने किसीमका थप कार्यक्रमहरु रहेका छन् । ‘शिक्षकले चाहेमा गर्न सक्छन’ भन्ने राष्ट्रिय कार्यशाला पनि गरिने छ । शैक्षिक प्रद्धर्शनी अन्र्तरगत रकेट, हाइड्रोपावर जस्ता सामग्री पर्दशनी गरिने छ । आयोजकका अनुसार महोत्सवमा हेलिकप्टरबाट मुुगुको रारा ताल लगायत पर्यटकीय स्थलहरुको भ्रमण र रात्री बसाई, परम्परागत सााँस्कृति झल्कने साँस्कृतिक झाँकिहरुको प्रस्तुती, पर्यटकीय क्षेत्रको पदयात्रा, सामुदायिक संवाद, पर्यटकीय क्षेत्रको भ्रमण, भ्यू टावरको निर्माण, काँक्रेविहारको डकुमेन्ट्री, भेरी नदीमा जलयात्रा, होम स्टे बसाई, घोडचढी, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति, वाल उद्यानका खेल सामग्रीहरु जस्ता आकर्षण रहेका छन् । महोत्सव अवधिमा वृत्तचित्र र फोटो प्रदर्शनी, स्थानीय भेषभुषा झल्किने कार्यक्रमहरु, शैक्षिक पुस्तक प्रदर्शनी तथा विज्ञान शैक्षिक प्रदर्शनी गरिने छ
साँस्कृतीय उपसमितिका संयोजक ललित भट्टाईका अनुसार १५ गते पशुपती शर्मा, हेमन्त शर्मा, कमल गाउँले, राधिका हमाल र तारापती सुवेदीको आगमन हुने छ । १६ गते कुलेन्द्र बिक, ज्योती मगर, अर्जुन कौशल, दिपक थापा र खुमन अधिकारी, १७ गते कमल खत्री, टिका पुन, पुश्ल शर्मा, दिपक खड्का र नायक सुशान्त कार्की र दिपासा विसी आउने छन् । महोत्सवमा १८ गते शिव परियार, बद्रि पंगेनी, मञ्जु महत, राजु गुरुङ र रमेश विजीको प्रस्तुती रहने छ । १९ गते रामचन्द्र काफ्ले, प्रजापती पराजुली, अर्जुन सोनाम, जुनु काफ्ले र सरला पाण्डे २० गते सीरिस देबकोटा, प्रमोद खरेल, पुरुषोत्तम न्यौपाने, रमिला न्यौपानेको प्रस्तुती हुनेछ । २१ गते विमल क्षेत्री, चन्द्र शर्मा, जमुना राना, शंकर विसी, पार्वती राई र स्मृती शाही तथा २२ गते शिव हमाल, होम गैरे र देवि घर्तीको प्रस्तुती हुने साँस्कृतीक उपसमितिका संयोजक भट्टाइले जानकारी दिए ।


No comments:

Post a Comment