Wednesday, February 26, 2014

नगरपालिका क्षेत्रमा मेट्रिक प्रणाली लागु गरिदै

सुर्खेत १४ फागुन । नगरपालिका क्षेत्रभित्र रहेका घरहरुको ठेगाना छिटो र सहजै पक्ता लगाउन वीरेन्द्रनगर नगरपालिकाका ६ र ९ नम्बर वडामा मेट्रिक प्रणाली लागु गरिने भएको छ । 

मेट्रिक प्रणाली लागु गर्न जेनेरीस कन्टक्सन प्रणाली ललितपुरको सहकार्य र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा बुधबार वीरेन्द्रनगरमा मेट्रिक घर ठेगाना प्रणाली सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम समेत गरिएको छ । नपालिका क्षेत्रभित्र पनि वडा न. ६ र ९ नम्बरमा जनसङख्याको चाप बढी हुनुका साथै सेवाग्राहीको मुख्य केन्द्रविन्दु पनि भएकाले मेट्रिक प्रणाली सुरु गर्न लागिएको बताइएको छ । नगर क्षेत्रभित्र रहेका सरकारी तथा निजि कार्यालय पक्ता लगाउन सर्वसाधारण उपभोक्ताहरुमा समस्या हुनुका साथै नगरपालिका कार्यालयलाई कर शुल्क अशुलीमा समेत समस्या देखिएपछि मेट्रिक प्रणाली लागु गनुपर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै जेनेरीस कन्टक्सनका प्रबन्द निर्देशक श्रीदराम प्रजापतिले सहरी क्षेत्रको लागि सजिलो र कम खर्चलेनै प्रयोगकर्ता मैत्री बनाउन मेट्रिक प्रणाली आवश्यक भएको बताए । फागुनको अन्तिमबाट काम सुरु गरि बैशाख सम्ममा दुई वडाहरुमा मेट्रिक प्रणाली लागु गरिसक्ने प्रजापतिले बताए । उपभोक्ताका माझमा पहिचान प्रणालीको विकास गर्न, एम्बुलेन्स सेवा, दमकल, पुलिस लगायतका सेवालाई प्रभावकारी रुपमा कार्यन्वयनमा सहजता ल्याउन समेत प्रत्येक निर्माण भवनहरुमा नम्बर प्लेट राखिने निर्देशक श्रीदराम प्रजापतिले बताए । धेरै जसो उपभोक्ताहरुले समयमै घर जग्गा कर बुझाउदैनन, उनले भने,“नगरपालिका क्षेत्रभित्र सबै उपभोक्ताका तथा घरधनि माझ पुग्न समस्या हुनुका पछाडी उत्त प्रक्रियाले समय ्खर्चिलो हुन्छ, त्यसैले पनि मेट्रिम घर ठेगाना (घर नम्बर) प्रणाली लागु प्रक्रिया ल्याइएको हो ।” नगरपालिकाको वडा न. ६ मा १५ सय ६४ घर धुरी र ३२ वटा बाटोहरु छन भने वडा न.९ मा तीन सय ३३ घर धुरी र १५ वटा बाटाहरु रहेको निर्देशक श्रीदराम प्रजापतिले बताएका छन् । नगरपालिका क्षेत्रभित्रको पुर्वी क्षेत्रको १४ सय ७७ वर्ग किमी क्षेत्रफलमा चार हजार आठ सय ४ वटा बाटा, चार हजार तीन सय ३५ वटा भवन रहेका उनले बताए । सोही मध्यको १ हजार क्षेत्रफलमा ९२ बाटा र चार हजार तीन सय ३५ भवन रहका छन भने पश्चिम क्षेत्रको ११ हजार ५६ वर्ग किमी क्षेत्रफलमा ३३ जटा बाटा र २ हजार तीन सय भवनहरु रहेका छन् ।
 नगरपालिकाको जम्मा तीन हजार ६ सय ३३ वर्ग किमी क्षेत्रफलमा २ सय १२ बाटा र ११ हजार ६८ भवनहरु रहेको समेत जनाइएको छ । कार्यक्रममा १४ मिटर वा सो भन्दा बढीको क्षेत्रफल भएमा पथ, ९ मिटर भन्दा बढी तर १४ मिटर भन्दा कम भएको बाटोलाई सडकका नाममा नामकरण गर्न सकिने बताइएको छ । त्यस्तै ३ मिटर भन्दा बढी तर ९ मिटर भनदा कमलाई मार्ग र ३ मिटर भन्दा कम गाडी चल्न नसक्ने बाटोलाई गल्ली भनेर नामकरण गरिने पनि निर्देशक प्रजापतिले जानकारी दिए । यसै कार्यक्रम अन्तर्रगत सहरी विकास र भवन निर्माणको समन्वय तथा नगरपालिकाको सयुक्त लगानीमा २५ लाख यस अघिनै खर्च भइसकेको र चालु आर्थिक वर्षमा ६ लाख नगरपालिको र ४ लाख जनताको लगानीमा कार्यक्रम अगाडी बढाउने योजना तय गरिएको नगरपालिकका प्रशासकीय तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए ।
अनुशिक्षण कार्यक्रममा नेपाली काग्रेस नगर सभापति देवप्रसाद सुवेदी, नेकपा एमालेका नगर कमिटी अध्यक्ष पुर्णप्रसाद पौडेल, एकिकृत नेकपा माओवादीका नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सेना लगायतको सहाभागिता रहेको थियो । कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख होतराज लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो । 

No comments:

Post a Comment