Wednesday, February 26, 2014

विदाईका लागि हाजिरीजवाफ प्रतियोगिता

 सुर्खेत १४ फागुन । जनसेवा उच्च माध्यामिक विद्यालय घुस्रा सुर्खेतले अभ्यास शिक्षणमा आएका २७ जना शिक्षको विदाई कार्यक्रमको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
बुधबार विद्यालयको आयोजनामा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्पूर्ण सदन द्धितिय र माछापुर्छेै सदन तीतृय भएका छन । कार्यक्रममा गत हप्ता विद्यालयमा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापको नतिजा र पुरस्कार समेत वितरण पनि गरिएको जनाइएको छ । अभिरिक्त क्रियाकलापमा मावि स्तरीय निबन्ध प्रतियोतिामा शान्ता रेग्मी प्रथम, ललित बुढा द्धितिय र अम्मर बुढा तितृय स्थान ल्याएका छन् । त्यस्तै मावि स्तरीय चित्रकला प्रतियोगितामा यिरु थपा प्रथम, चित्रा खत्री द्धितिय र विनोद बोहोरा तितृय भएको विद्यालय स्रोतले जानकारी दिएको छ । साथै निमावि तर्फ भएको प्र्रतियोगितामा सुरज चौधरी प्रथम, सरस्वती चौधरी द्धितिय र जुनेली चौधरी तितृय भएका छन् । पुरक्कार वितरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक भक्तबहादुर शाहीले अतिरिक्त क्रियाकलापले विद्यार्थिको सृजनशिलताको विकास गर्ने बताए ।

No comments:

Post a Comment