सुर्खेत, १४ फागुन ।
सुर्खेतको लाटीकोइली गाविसमा कृषक महासंघ समिति गठन गरिएको छ । लाटिकोइलीमा सञ्चालन गरिएका कृषि सहकारी तथा समूहको भेलाले सन्तबहादुर केसीको अध्यक्षतामा सात सदस्यिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हिरा बुढा, सचिवमा काशीराम शर्मा, सहसचिवमा जयनाथ गौतम, कोषाध्यक्षमा भद्रा शाही चयन भएका छन् । समितिको सदस्यहरुमा यामबहादुर थापा, ज्ञानबहादुर चौधरी रहेका छन् । नवगठित समितिले रत्नबहादुर बुढा, ज्ञानबहादुर रावत र जनमुना पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
No comments:
Post a Comment