सुर्खेत,१४ फागुन ।
राष्ट्रिय प्राविधिक शिक्षालय लाटिकोइली, सुर्खेत प्राविधिक एस.एल.सी तहमा मध्यपश्चिममै उत्कृष्ट हुन सफल भएको छ ।
शिक्षालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी शिक्षालयले गरिरहेका कार्यक्रमहरु बारे जानकारी समेत गराएको छ । पत्रकार सम्मेलनमा शिक्षालयका निर्देशक हरिसकुमार गुप्ताले शिक्षालयले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण उत्कृष्टता हासिल गर्न सफल भएको दाबी गरे । उनका अनुसार शिक्षालय स्थापना भए देखि हालसम्म ६ सय ७० जना विद्यार्थीहरु उत्र्तीण भएका छन् । शिक्षालयमा सुर्खेतका मात्रै नभएर यस क्षेत्रका सबै जिल्लाका विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् ।
शिक्षालयले द्धन्द पीडितहरुका लागि, बेरोजगार युवाहरुको लागि ३ महिने तालिम संचालन गरी प्रति व्यŒिाm १२ हजार रुपैया प्रदान गरिरहेको छ । शिक्षालयमा अध्ययन गरेका अधिकांश विद्यार्थीहरुले रोजगारी गरिरहेको शिक्षालयले जनाएको छ । शिक्षालयमा ल्याब, भेटनेरी, शिविल इन्जेनियरिङ्ग लगायतका विषयहरु पढाई हुने गर्दछ ।
No comments:
Post a Comment