Saturday, April 12, 2014

ऋषि हत्या रहस्यमै वित्यो छ बर्ष,

ऋषिप्रसाद शर्मालाई यसरी मारियो 

युग समाचार
सुर्खेत, २५ चैत
एमाले नेता ऋषिप्रसाद शर्माको हत्या भएको आज ६ बर्ष पुगेको छ । घटना भएको लामो सयम हुँदा पनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन् । घटनाको अनुसन्धान रहस्यमै छ ।
नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटिका तत्कालिन सदस्य एवंम् संविधानसभा २०६४ मा सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार बनेका ऋषिप्रसाद शर्माको चुनावी प्रचारका क्रममा हत्या भएको हो । तर रहस्यमय घटनाले सर्बसाधारणमा उब्जाएका शंका, उपसंकाहरु मेटिएका छैनन् ।

पहिलो संविधानसभाको निर्वाचन–२०६४ चैत २८ गतेको लागि प्रचार–प्रसार सकेर आफ्नो मतदान क्षेत्र सिम्ता जाँदै गर्दा शर्माको निर्वाचनको दुई दिन अगाडी चैत २६ गते साँझ मैनतडा–८ लोदेमा गोली हानि हत्या गरिएको थियो ।
नेपाली कांग्रेसका उच्च पदमा रहेका केही नेताको संलग्नतामा षडयन्त्रपूर्वक रुपमा शर्माको हत्या गरिएको एमाले कार्यकर्ता र शुभचिन्तकहरुले आरोप लगाउने गरेका छन् ।  शर्माको हत्या उनकै अंगरक्षक मोतिलाल बि.क.ले गरेको अदालतको फैसला पछि सर्वस्वहरण सहित आजिवन काराबासको सजाय भोगिरहेका छन् ।
कार्यकर्ता, आफ्न्त तथा उनका समर्थकहरुले भने बि.क.लाई अरुबाट परिचालन गरिएको भन्दै घटनाका सबै दोषिलाई कारबाही हुनुपर्ने माग राख्दै आएका छन् । उनकै सुरक्षार्थ खटिएका अंगरक्षकले किन हत्या गरे भन्ने विषयले घटना झन रहस्यमय बनाएको छ । वास्तविकता पत्ता लगाउन पार्टीपंक्तिलाई कार्यकर्ताहरुले दबाब दिइरहेका छन् ।
नेकपा एमालेले पहिलो संविधानसभामा दुई–दुई पटक सरकारको नेतृत्व ग¥यो तर पनि शर्मा हत्याको विषयमा छानविन अगाडी नबढाएपछि विपक्षी पार्टीहरुले पार्टीभित्रैका केही व्यक्तिहरुको संलग्न रहेको आरोप पनि लगाउने गरेका छन् । देशको संविधान लेख्ने जिम्मेवारी माग्न सुर्खेत क्षेत्र नं. १ का जनतासामु उभिएका शर्माले जनताकैबीचबाट मृत्यु बरण गर्नुप¥यो ।
पहिलो संविधानसभाबाट नेपाली जनताले संविधान पाउन सकेनन् र अहिले मुलुकमा दोस्रो पटक संविधानसभा गठन भएको छ । नेपाली जनताको पक्षमा संविधान लेखनको उनको चाहना यस अर्थमा अधुरै छ । हत्या भएको छ बर्ष बितिसक्दासम्म पनि शर्माका कार्यकर्ता, शुभचिन्तकको मानसपटलमा घटना ताजै छ । देखावटी रुपमा उठाइएका कारबाहीका मुद्धा र मागहरु बिर्सेपनि कारवाहीका लागि उठेका वास्तविक आवाजहरु भने अझै मत्थर भएका छैन्न् ।
उनका समर्थक र शुभचिन्तकहरुले शर्माको हत्या कसको योजनामा÷निर्देशनमा गरिएको हो ? यही प्रश्नको खोजीरहेका छन् । शर्माको छैठौँ स्मृती दिवसमा नेता तथा कार्यकर्ताहरुलाई विभिन्न कार्यक्रमगरी बुधबार (आज) सम्झिदै छन् । दिवसका अवसरमा ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले पार्टी कार्यालय ऋषि स्मृति भवनमा बुधबार विहान अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै अनेरास्ववियु सुर्खेतले पनि पार्टी कार्यालयमै विहान साढे सात बजे रक्तदानको आयोजना गरेको जनाइएको छ । नेकपा एमाले सुर्खेत–काठ्माण्डौँ सम्पर्क मञ्चले काठ्माण्डौँमा पनि अन्तरक्रियाको अयोजना गरेको छ । 


 
ऋषिप्रसाद शर्मालाई यसरी मारियो
चैत्र २४ गते कार्यक्रमको समिक्षा र योजना बनाउँदै करिब राति ११ बजेको थियो । उम्मेदवार ऋषिप्रसाद शर्माको मोवाईलमा फोन आयो । फोन माओवादी नेता ऋषि गौतम (राहुल) को थियो । फोनमा राहुलले भने,–“चुनाव जीतिन्छ ? कस्तो छ स्थिती ?’ ‘ठिकै छ, ऋषिको जवाफ थियो । सबै प्रचार प्रसारमा जुटेका छौं ।’ राहुल,–“चुनाव जित्नु हुन्छ ध्यान दिनहोला ।
चुनावी समय अवधीसम्म सुरक्षा व्यवस्था राम्रो मिलाउनु होला’, आदी–आदी फोनको गफ सकिए पछि, हाम्रो त्यो फोन प्रति अलि ध्यान गयो र सोध्यौँ । के सूचना आयो ? ‘जनता बीचमा छौं’– ऋषिको उत्तर थियो । यसरी घट्नाको सन्र्दभमा  राहुलको सुचनाले हामीलाई संसकित तुल्यायो तर पनि सहिद ऋषिको अगाडी प्रति प्रश्न गर्ने कार्यकर्ताको अलिअभावको अनुभूति मेरो मानसपटलमा उब्जन्छ ।
मेहलकुनामा चुनावी आमसभालाई सम्बोधन गरेर ऋषि लगायत हामी चैत्र २४ गते राती डिल्लीराज रेग्मी (मैनताडाको लोदे) को घरमा थियौं । त्यसपछि हामी चुनावी आमसभाकै शिलसिलामा कार्यक्रमकै दौडानमा भेरी बेल्डतिर लाग्यौ ।
२५ गते विहान सिम्ताको राकममा अन्तिम चुनावी सभामा सहाभागी भयौँ । सभामा उहाँले भन्नुभयो “संविधानसभाको निर्वाचनमा राजनीतिक पार्टीहरु वादी प्रतिबादीका रुपमा जनताको न्यायालयमा हाजिर भएका छन्, यो त लडाई होइन्, लडाई त २ सय ४० बर्षदेखिको सामन्ती राजतन्त्रलाई समाप्त पार्दै संङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने दिनमा हुनेछ ।’ “यदि सुर्खेती जनताले विश्वास दिनुभयो भने म संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्नका लागि आवश्यकता प¥यो भने यहाँहरुको विश्वासलाई साक्षी राख्दै हाँसी–हाँसी आफ्नो जीवन बलिदान गर्नेछु’’ सभालाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो ।
ऋषि संविधानसभाको निर्वाचनलाई जीवनमरणका रुपमा लिने होइन, जनताको फैसला मञ्जुर गर्न तयार हुनुहुन्थ्यो । “जति बेला मलाई जनताले खोज्नेछन त्यतिबेला म नहुन सक्छु” जनसभालाई सम्बोधन गर्ने क्रममा उहाँले यो भनाई  राख्नुभएको थियो । यस अभिव्यक्तिले के ऋषिप्रसाद शर्मालाई नरभंसिहरुको योजना सम्बन्धि कही जानकारी भएको हुन सक्छ ? भन्ने कुरा मेरो मासपटलमा गुञ्जी रहन्छ । यसरी जामुने बजारको जनसभामा सम्पन्न पश्चात सोहि दिन साँझ कार्यकर्ता सहित फर्कियौं । बोटेचौर पुग्दा करिब राती १० बजिसकेको थियो । त्यहाँ हामी पुगेलगत्तै सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले एमालेका कार्यकर्ता माथि गाली बेइज्जति र जाइलाग्न थाले । हाम्रो टोलीमा ऋषि, धनसिंह खड्का, रत्न खत्री, देवबहादुर खत्री म स्वयम  र सुरक्षगार्ड मोतिलाल वि.क.  थियौं ।
हामी होटेलको माथि कोठामा खाना खाएर बसेका थियौँ एक्कासि हामी बसेको होटलमा हमला गरियो । सुरक्षाकर्मीहरुलेनै बसेका सबै जनालाई आतंकित तुल्याएका थिए । सुरक्षाकर्मीनै त्यसरी उत्रिएपछि हामी त्रसित भयौं । त्यस घटनाबाट हामी ससंकित भयौ त्यहाँका स्थानीयबासिन्दा महिला र कार्यकर्ताले त्यसको प्रतिरोध गरे । त्यसबेला नरभंसिका मतियार भई आएकाहरु त्यहाँबाट भागे । त्यसपछि ऋषि झनै गम्भिर हुनुभयो । तर केहि पनि अभिव्यक्ति दिनु भएन । भोली विहान तिनिहरुलाई भेटी  छलफल गर्ने भन्नुभयो । विहान सुरक्षाकर्मीलाई भेटी घट्नाको बारेमा सबै जानकारी गराई फर्कनुभयो । साहेद त्यसैदिन घटना हुन सक्ने आशंका छ ।
भोलिपल्ट त्यहाँबाट मेहलकुना निर्वाचन परिचालनको कार्यालयमा साथीहरुलाई भेट्दै खाना खान छिन्चु पुग्यौँ । ऋषि स्थानीय साथीहरुसंग भेटघाटमा सहभागी हुनुभयो । २०६४ चैत्र २६ गते चुनावी प्रचार सकिएको थियो । मौन प्रचार सुरु भएको थियो । त्यसपछी २६ को व्यक्तिगत भेटघाट कार्यक्रमको तय गरियो । चुनावी आचार संहिता लागेको हुँदा २६ गते सबै सुचनाहरुको व्यवस्थापन ग¥यौं । प्रमूख जिल्ला अधिकारी अनिल पाण्डेसंग फोनबाटै सुरक्षाका बारेमा जानकारी गराउनुभयो । थप सुरक्षाको व्यवस्था  मिलाउन अनुरोध गर्नुभयो ।
त्यसैबेला उहाँलाई दिइएको अंगरक्षक परिवर्तन गरी अर्काे मान्छे पठाइयो । २५ गते पनि राकममा अर्काे मान्छे पठाइएको थियो । हामीले इन्कार गरेपछि उनलाई फिर्ता पठाइएको थियो । त्यसदिन फेरि अंगरक्षक परिवर्तन गर्न खोज्नुलाई हामीले शंकाको नजरले हेर्यौँ । यो कुरा गरेपछि उहाँले एसपीलाई फोन गरी ‘दिनदिनै नयाँ मान्छे पठाएर के गर्न खोजेको ?’ तिम्रा गार्ड फिर्ता लैजाउ । म कार्यकर्ताकै बीचमा सुरक्षित छु’ भनेर रिसाउनुभयो । एसपीले पुरानै गार्डलाई खटाउने तर सञ्चार सेट नदिने कुरा गरेछन् । उहाँले फेरी डिआईजीलाई फोन गरेपछि सञ्चार सेट दिने कुरा भएछ । त्यसपश्चात हामी छिन्चुबाट मैनतडाको भेटघाटका लागि हिड्यौँ ।
छिन्चु, बबई कार्यकर्ताहरुसंग भेटघाट गरी साँझ मेहलकुना बास बस्ने योजना थियो । बास बस्नका लागि छिन्चुबाट मेहलकुना जाँदै गर्दा मैनतडाको लोदेमा उक्त घटना भयो । छिन्चुदेखि रामघाट हुदै मैनतडातर्फ कार्यकर्ताका साथ जहरेबजार पुग्दा मेहलकुनाको वडाखोलीमा कांग्रेसका नेता पूर्णबहादुर खड्का र अन्य कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेको र मेहलकुनाको अवस्था गम्भिर रहेको त्यहाँका साथीहरुले उम्मेदवार ऋषिलाई अवगत गराइ राख्नुभएको थियो ।
यसले गर्दा स्थिति तनावग्रस्त थियो । साँझ ऋषिले मेहलकुना जाने कुरा गर्दा मैनतडा पार्टी अध्यक्ष धन ब. खत्रीले नजाने कुराको अनुरोध गरे । सहिद ऋषिले उल्टै हपारेर आफ्नो जिम्मेवारीमा खटाएको काम जहाँ हो त्यहाँ जान निर्देशन गर्नुभयो । त्यस पश्चात त्यहाँ रहेका धेरै अरु युवाका साथ मेहलकुनाको यात्रा सुरु गर्नुभयो । २१ वटा मोटरसाइकल र युवाहरु अगाडी थिए भने मोटरसाइकलको पछि पछि गाडीमा हामी गैरहेका थियौं । मैनतडाको लोदे देउती खोलाको पुलमा पुग्दा धेरै मोटरसाइकल अगाडी गैसकेपछि प्रचण्ड पोखरेल चढेको मोटरसाइकलमा ढुंगा प्रहार गरीयो । मोटरसाइकल बाटोमै लड्यो ।
जसले गर्दा हाम्रो गाडी अगाडी बढ्न सकेन । ऋषि बसेको गाडीमा एक्कासी ढुङ्गा प्रहार गरियो ।  त्यसै क्रममा दोहोरो ढुङ्गा हानाहाना  हँुदै गर्दा सुरक्षागार्ड मोतिलाल वि.क. ले गाडी पछाडी गर्न लगाए । करिब २०० मिटर देखि २५० मिटर सम्मको दुरी सम्म दोहोरो ढुङ्गा हानाहानको बीचमा गाडी व्याक हुँदै गर्दा एक्कासी गाडीको बत्ती निभ्यो र दुई राउण्ड गोलीको आवाज आयो । त्यतिबेला धेरै साथीहरु तितरवितर भइसकेका थिए । त्यस बेला रत्न खत्री, स्वयम म र लक्ष्मण पोखरेलले त्यस गाडी भन्दा अगाडी दोहोरो ढुङ्गा हानाहानमा सामेल थियौँ । गाडी भित्र ड्राइभर दिपक ओली सुरक्षागार्ड मोतिलाल वि.क. र ऋषि हुनुहुन्थ्यो ।
यसरी नाटकिय ढंगले ऋषिलाई गोली प्रहार भयो र ऋषिको अन्तिम छट्पटीमा गाडीको सिटबाट बाहिर निकालीयो त्यस बेला जसुराम शर्मा पनि त्यहाँ आई पुग्नुभयो । आक्रोसीत गार्डलाई भने के भो दाईलाई ? त्यसको प्रति उत्तरमा उम्मेदवारलाई ढुङ्गा लागेको छ छिटै अस्पताल लैजाऊ भनि फोन गर्दै थियो । ऋषिलाई गाडीको सिटबाट तल निकाली हेर्दा नावी नजिक दुई वटा सानो घाउँ देखियो । त्यहाँ रहेका सबैलाई हतास भयो गाडीको बत्ती निभ्ने बित्तिकै दोहोरो ढुङ्गा हानाहानको अवस्था रोकिसकेको थियो ।
यसरी सिटमा नै ड्राइभर गार्डको बीचमा बसेका उम्मेदवारलाई गोली लाग्नुले घटना नाटकिय र योजना बद्ध भएको थियो । त्यसपछि उहाँलाई गाडीमा राखेर क्षेत्रीय अस्पताल ल्यायौँ अस्पतालमा पु¥याएपछि  अस्पतालमा डाक्टरहरुले मृत्यु घोषणा गरे ।
(सहिद ऋषि शर्मा हत्याको घाटना हुँदा साथमै रहेका टीकाराम शर्मासंगको अन्तरवार्तामा आधारित)

No comments:

Post a Comment