युग समाचार
सुर्खेत, २५ बैशाख
गुठु र विजौरा गाविसमा कृषि तथा पशु उपज संकलन केन्द्र बन्ने भएका छन् । आस्था नेपाल सुर्खेतको दिगो रोजगारीका लागि सिप अभिवृद्धि परियोजनाको सहयोग, जिल्ला कृषि विकास कार्यालय, गाउँ विकास समिति र स्थानीय समुदायको सक्रियतामा संकलन केन्द्र बन्न लागेको हो ।
स्थानीय स्तरमा उत्पादिन वेमौसमी तरकारी, मसलावाली, सुन्तला, कागती, चिउरी, मह, खसी बोकाको संकलन, प्रशोधन र बजारीकरणका लागि संकलन केन्द्र स्थापना गरिएको निर्माण समितिका संयोजक हिमलाल कँडेलले जानकारी दिए ।
विजौरामा निर्माणाधिन कृषि तथा पशु उपज संकलन केन्द्र ३ लाख ४६ हजारको लागतमा १ लाख ४० हजार जिल्ला पशुसेवा कार्यालय, ५० हजार गाविस र १ लाख आस्था नेपालको सहयोग रहेको जनाइएको छ ।
त्यसैगरी गुठुमा निर्माणाधिन कृषि उपज संकलन केन्द्रको कुल लागत १३ लाख ६ हजार रहेको छ । ३ लाख आस्था नेपाल, ५ लाख जिल्ला कृषि विकास कार्यालय, २५ हजार गाविसको र बाँकी अन्य खर्च नवलक्ष्मी साना किसान सहकारी संस्थाले व्यहोर्ने सम्झौता भएको जनाईएको छ ।दुई ठाउँमा बन्ने संकलन केन्द्रबाट विजौरा, विद्यापुर, घाटगाउँ, छाप्रे, लगाम र बेतान गाविस सहितका आसपासका अन्य गाविसका स्थानीय कृषकहरुले फाईदा लिने आस्था नेपालका कार्यक्रम अधिकृत राजबहादुर शाहीले जानकारी दिए ।

No comments:
Post a Comment