Thursday, July 19, 2012

कृषक अभावै अभावमा

किसान दाजुभाईका लागि यो वर्ष अली मौषमले साथ दिएन । आकाशे पानीको भरमा खेती किसान गर्ने कृषकहरुले समयमा खेती लगाउन पाएनन् जसको परिणान यो वर्ष उत्पादनमा किसान र राज्यले नै निकै  घाटा व्यहोर्नु पर्ने अवस्था आएको छ । यो बर्ष पानी पछि परेपछि हाल सम्ममा पनि ८० प्रशित भन्दा बढी धान उत्पादन क्षेत्रमा रोपाई गरिएको छैन् । उपत्यकाको २० प्रतिशत जमिनमा मात्रै धान रोपिएको छ भने उपत्यका बाहिरका केही स्थानमा भने ६० देखि ७५ प्रतिशत धान रोपिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ । यही  प्रतिकुल मौषमका कारण पनि यस वर्षको आ“प उत्पादनमा समेत निकै गिरावट आएको छ ।
यो समयमा जिल्लामा अघिल्लो वर्ष आ“पले बजार पाएको थिएन तर यो वर्ष भने जिल्लाका उपभोक्ताको माग पूर्ति गर्नका लागि जिल्ला बाहिरबाट आ“पको आयात गर्नुपरेको छ । सुर्खेत जिल्लाका पूर्वी गाविसहरु रामघाट, छिन्चु लगायतका ठाउ“का साथै वीरेन्द्रनगरमा पनि आ“पको उत्पादन हुने गर्छ । रामघाट, छिन्चु लगायतका कृषकहरुले व्यवसायिक रुपमा आ“पको बगैँचा निर्माण गरी आ“प उत्पादनमा लागे पनि यो बर्ष आँप फल्ने पालो नभएका कारण यसैमा चित्त बुझाएका छन् ।  तर आ“प उत्पादनमा गिरावट आएपछि नेपालगञ्ज, वीरगञ्जका साथै भारत लगायतका ठाउ“बाट आप“को आयात गरिएको छ । जसले गर्दा फलफुलको खेती गर्ने किसानकालाई निकै चिन्ताको विषय बनेको छ । सुर्खेतमा यो बर्ष आ“पको उत्पादनमा ९० प्रतिशत कमी आएको छ । आ“पको सिजनका समयमा जिल्लामा आ“पको अभाव देखिएको छ । विशेष गरी आ“प एक वर्ष फल्ने र अर्काे वर्ष नफल्ने भएकोले आ“पको उत्पादन घटेको हो ।
स्थानीय कृषकहरुले अघिल्लो वर्ष आफुहरुको बगैँचामा आँप राम्रो फलेको कारण यो बर्ष आँप नफली मुना पलाएको बताएका छन् । साथै यो बर्षमा केही मात्रामा फलेको आँप पनि खराब मौसमका कारण बोटमा रहन नसकेको कृषकहरु बताउछन् । आँप फल्न लागेको समयमा हुरी बतासका साथै असिना समेत परेकोले पनि आँपको उत्पादन घटेको हो । बजारमा आँपहरु देखिएपनि जिल्लामा उत्पादन भएको आँप भने छैन् । जिल्लामा दैनिक रुपमा यति रुपैँयाको आँप आयात हुन्छ भन्ने तथ्याङ्क नभएपनि हजारौं मुल्यको आँप आयात हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । गत वर्षमा भने जिल्लामा उत्पादन भएको आँप जिल्लामा खपत भएर पनि बाहिरी जिल्ला बा“केमा निकासी गरिएको थियो । जिल्ला बाहिर पनि निर्यात  हुने गरेको जिल्ला कृषिले जनाएको छ । गत बर्ष आँपको मूल्यमा कमी आउनुका साथै बजारमा समेत खपत हुन सकेको थिएन् । यो वर्ष भने जिल्लामा आँपको उत्पादनमा गिरावट आएपछि आँपको मूल्यमा ठुलो मात्रामा बृद्धि भएको छ । साथै जिल्लामा यो वर्ष धान उत्पादनमा समेत गिरावट आउने संकेत देखिएको छ । 
समयमा पानी नपरेका कारण कृषकले धानको वीऊ नराखेकोले धान रोपिने क्षेत्रको समेत कम हुने छ । जिल्लामा धान रोपाई सुरु भएको समयमा प्रयाप्त मात्रामा रासायनिक मल समेत उपलब्ध हुन सकेको छैन् । भने हाल जिल्लामा डियपी मलको अभाव नै रहेको छ । जसले गर्दा यो वर्ष कृर्षकका लागि अभावै अभाव  परेको छ ।   

No comments:

Post a Comment