युग आव्हान
सुर्खेत ३ साउन
सुर्खेतमा विद्युतको ठेगान छैन् । पानी प¥यो भने, हावा चल्यो भने विद्युत अवरुद्ध हुन्छ । कतिबेला जाने हो कसैलाई थाहा हँुदैन । विद्युत आउनेजाने ठेगान नभएपछि यहाँका सेवाग्राही, संचार संस्थाहरुले सास्ती खेपिरहेका छन् ।
सुर्खेत र आसपासका क्षेत्रमा दिनहुँजसो अनियमित रुपमा हुने आन्तरिक लोडसेडिङ रोक्न पुनरावेदन अदालत सुर्खेतले विद्युत प्राधिकरणका नाममा अन्तरिम आदेश दिएको छ । अदालतको उक्त आदेशको अवज्ञा गर्दै विद्युत प्राधिकरण शाखा सुर्खेतले विद्युत प्रशारणमा अनिमितता गरेको छ ।
अधिवक्ता लोकबहादुर ढकालले दिएको रिट उपर न्यायाधीश रत्नबहादुर बाग्चन्दको एकल इजलाशले आन्तरिक लोडसेडिङ गर्नुको कारण देखाउन आदेश दिएको थियो । लोडसेडिङको राष्ट्रिय तालिका बाहेकपनि बारम्बार हुने आन्तरिक पटके लोडसेडिङले उपभोक्ता मर्कामा परेको भन्दै अधिवक्ता ढकालले पुरावेदन अदालतमा रिट निवेदन दिएका थिए ।
गत वैशाख महिनामा जिल्लामा विद्युत अनियमतिताका साथै सुधारका प्रयासका बारेमा प्राधिकरण प्रमुखले अन्तरक्रिया कार्यक्रममा विद्युतलाई नियमित गराउने प्रतिवद्धता जनाएका थिए । उनले सोही समयमा केही दिन बत्ति काटेर विद्युत लाईन सुधार गरिरहेको जानकारी दिएका थिए तर पनि यस पटक भने चार दिन सम्म विद्युत अनियमित भएको छ ।
कुनै जानकारीनै नगराई विद्युत कार्यालयले विद्युत काटेर अदालतको आदेशको अवज्ञा गरेको हो । विद्युत अवरुद्ध हुँदा जिल्लाका सम्पूर्ण संचार संस्थाहरु समेत प्रभावित भएका थिए । विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० अनुसार उपभोक्तालाई पहिले जानकारीनै नदिई कुनैपनि बहानामा बत्ति काट्न वा अवरोध गर्न नमिल्ने स्पष्ट उल्लेख गरिएको छ । उपकरण मर्मत, बाढीपहिरो, आगलागी, भूईंचालो लगायतका प्राकृतिक प्रकोप र बन्द हडताल नभएको अवस्थामा बत्ति काट्नुअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने नियम रहेको छ । तरपनि विद्युत प्राधिकरण सुर्खेतले राष्ट्रिय तालिकाको लोडसेडिङ बाहेकपनि पटक पटक रुपमा आन्तरिक लोडसेडिङ र झ्याप्प झ्याप्प बत्ति काट्ने गरेको स्थानीय उपभोक्ता गुनासो रहेको छ ।
विद्युत सेवा अवरुद्ध गर्नुअघि सार्वनिक सूचना समेत जारी नगर्ने प्राधिकरणले बत्ति गईसकेपछि पनि वास्तविक जानकारी नदिने गरेको उपभोक्ताहरुको आरोप रहेको छ । यता पुराना उपकरण र प्रशारण लाईनले भार थेग्न नसक्ने भएकाले बत्ति जाने गरेको बताउने प्राधिकरणले कहिले कोहलपुर र कहिले अत्तरियाबाटै बत्ति जाने गरेको बताउँदै आएको छ ।
लाटीकोइली–९ मा रहेको सव–स्टेशनमा बढी क्षमताको ट्रान्सर्फम जोडेपछि गत चैत १५ गतेदेखि आन्तरिक लोडसेडिङ नहुने दाबी गरिएपनि पछिल्लो दिनमा लोडसेडिङमा अँझ अनिमितता भएको छ । विद्युतलाईनमा प्रयाप्त भोल्टेज अभावमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी व्यवसायी समेत समस्यामा परेका छन् ।
No comments:
Post a Comment