कालिकोट, १३ भदौं ।
कालिकोटको धौलागोह गाविस १ र २ मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोका कारण धौलागोहका ४ वर्षिय विमल रोकायाको ज्यान गएको छ । १ सय भन्दा बढि भाइरलबाट प्रभावित भएपनि स्थानीय उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी दुबै नभएको स्थानीयवासीले बताएका छन् ।
यसअघि पनि कालिकोटको खिन गाविसको ७, ८ र ९ मा पनि भाइरल ज्वरो फैलिएको थियो । कालिकोटका वरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले भाइरल ज्वरो देखिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिए ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले पनि धौलागोहमा तत्काल उपचारको ब्यवस्था मिलाउने बताए । यस्तै विद्यार्थीमा भाइरल ज्वरो र टाइफाइटको प्रकोप बढेपछि लमजुङ रम्घाको भैरभकाली उच्च माध्यमिक विद्यालय बन्द भएको छ ।
८ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयका अधिकांश विद्यार्थी विरामी भएर थलिएका र विद्यालय पुगेका विद्यार्थी समेत विरामी भएकाले विद्यालय ब्यवस्थापन समिति र शिक्षकको भेलाले शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बिरामी भएका विद्यर्थीको रम्घा उप–स्वास्थ्य चौकी र तनहुँ सदरमुकाम दमौलीमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment