Wednesday, August 29, 2012

प्रलेसको जिल्ला सम्मेलन असोजमा

सुर्खेत, १२ भदौं ।
प्रगतिवादी साहित्यिक संस्था प्रगतिशील लेखक संघ नेपाल सुर्खेत शाखाले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएकोछ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको बैठकले आगामी असोज महिनामा सम्पन्न गर्ने निणर्य गरेको हो । गत असार मसान्तमा गर्ने भनिएको सम्मेलन राजनैतिक गत्यावरोधका कारणले आन्तरीक तयारी पुरागर्न नसक्दा सम्पन्न गर्न नसकिएकोले अब थप तयारी सहित असोजको पहिलो साता वीरेन्द्रनगरमै सम्पन्न गर्ने निर्णय भएको प्रलेस सुर्खेतका उपाध्यक्ष जीवन शाहीले जनाएका छन् । 

यतिखेर सम्मेलन तयारीकैक्रमा सदस्यता वितरण तथा नविकरण कार्य सुचार भएको कोषाध्यक्ष हरिलाल महताराले जनाएका छन् । प्रलेसलाई माया गर्ने समस्त लेखक कलाकार तथा साहित्कारहरुका साथसाथै सुर्खेतवासी जनसमुदायहरुमा सम्मेलन सफलताको लागि आ—आफ्नो क्षेत्रबाट सहयोग पु¥याईदिनहुन हार्दिक अनुरोध समेत लेखक संघले गरेको छ ।

No comments:

Post a Comment