हुम्ला १३ भदौं ।
हुम्लाको उत्तरी तिव्वत सिमाना पर्ने मुचु गाविसको हिल्सा सिमकोट मोटर सडकमा ३० किलोमिटर यात्रा गरेवापत व्यवसायीले प्रतियात्रु ५ सय रुपैयाँ भाडा उठाउने गरेका छन् । पानीपाल्वाङदेखि सिमाना हिल्सा सम्मको कच्ची ३० किमी सडकमा यात्रा गरे वापत यातायात व्यवसायीले प्रति यात्रु ५ सय रुपैयाँ असुल्ने गरेका छन् ।
करिव २ घण्टाको यात्रा गरेवापत महंगो भाडा तिर्नु पर्दा यात्रुहरु मर्कामा परेका छन् । तिव्वतको ताक्लाकोटमा व्यापारी गर्ने स्थानीयय व्यापारी कैलाश मानसरोवरका तिर्थयात्रु महागो भाडा तिर्न वाध्य भएको बताए ।
करिव २५ वटा जिपले यो सडक खण्डमा दैनिक यात्रु तथा सामान ओसारी रहेका छन् । सामानको पनि प्रति केजी ५ रुपैयाँ भाडा तोकिएको छ । गाडीको डिजल पेट्रोल तिव्वतवाट ल्याउँदा महंगो हुने गरेको र बढी भाडा लिनुपरेको यातायात व्यवसायीको भनाई छ ।
No comments:
Post a Comment