सुर्खेत, १३ भदौं ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पस अन्र्तगत इन्जिनियरिङ कलेज स्थापना गर्नका लागि सुर्खेत जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ । कलेज स्थापनाका लागि सुर्खेतका चारवटा ठाउँहरु अनुगमन गरि सिफारिस गरिएको अनुगमन टोलीका सदस्य तथा जिल्ला शिक्षा कार्यलयका ईन्जिनियर मनोज सुवेदीले जानकारी दिएका छन् ।
छनौट गरिएका ठाउँहरुमा वीरेन्द्रनगर नगरपालिका—१ मा रहेको को कृष्ण सामुदायिक वन, राजा वीरेन्द्र शाहको नामबाट हालै नेपाल ट्रस्टको नाममा लगिएको लाटिकोइली वार्ड नं.४ को कित्ता नं. १ मा रहेको ३४ विगाहा जग्गा, रामघाटमा रहेको गणेश प्राविको जग्गा, उत्तरगंगामा रहेको कृष्णगंज माविको जगा गरी जम्मा चार ठाउँको जग्गा सिफारिस गरेको हो ।
निरीक्षण गरिएका ठाउँहरुमा सबै भन्दा उत्तम कृष्ण सामुदायिक वन रहेको अनुगमन टोलिले जनाएको छ । सरकारले असार महिनामा त्रिभुवन विश्वविद्यालय अन्र्तगत आंगिक क्याम्पसका रुपमा ईन्जिनियरिङ्ग क्याम्पस स्थापनाका लागि उपयूक्त ठाउँ छनोट गरी पठाउन सूचना पठाए पछि उक्त चार वटा ठाउँहरु छनौट गरी पठाएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ ।
सिफारिस गरिसके पछि हालसम्म कुनै जानकारी नआएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्थापना भएपछि हौसिएका यस क्षेत्रका स्थानीयबासीन्दाहरु थप हौसला प्रदान भएको छ । सुर्खेतमै त्रिभूवन विश्वविद्यालयले समेत इन्जिनियरिङ कलेज स्थापना गर्न अध्ययन सहित पहल थालेपछि थप उर्जा मिलेको स्थानीय समाजसेवी अमृत विसीले बताए ।
उनले भने ‘सुर्खेतमा विकास हुनु हामी सबैको लागि राम्रो हो । हामी सबै मिलेर सुर्खेतमै इन्जिनियरिङ कलेज स्थापना गर्न पहल थाल्नुपर्छ’ उनले भने ‘स्थानीय तहबाट थप पहल हुन आवश्यक रहेको छ ।’ सरकारले चालु आर्थिक बर्षको बजेट भाषण मार्फत सुर्खेतमा सुविधा सम्पन्न मेडिकल कलेज स्थापना गर्ने, सुर्खेतको विमान स्थललाई स्तरबृद्धि गरी क्षेत्रीय स्तरको बनाउने, रामघाट र छिन्चुको विचमा पर्ने सामुदायिक वन र खाली जमिनको समेत क्षेत्रीय विमान स्थल निर्माणका लागि अध्ययन गरिएको थियो ।
No comments:
Post a Comment