रामकुमार शाही
जाजरकोट, १३ भदौं ।
जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष सहित केही स्थानीय राष्ट्रिय अनुसन्धानको जग्गामा रजाई जमाएका छन् । गैरकानूनि रुपमा लामो समयदेखि उनले जग्गा कब्जा गरी घर निर्माण गरेका हुन् ।
सरकारी कार्यालयको जग्गामा घर वनाएर वाटो अतिक्रमण गरेको भन्दै जाजरकोटका राजनैतिक दलहरुले जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानवहादुर खड्का लगायत केहि सर्वसाधारणको घर भत्काउन वुधवार प्रमुख जिल्ला अधिकारी समक्ष १५ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएका छन् ।
खलंगा—२ ठाँटीवजार स्थित नेपाल रेडक्रस सोसाईटीको भवनको पूर्वी किनारामा राष्ट्रिय अनुसन्धानको नाममा दर्ता भएको कित्ता नम्वर १६४ र क्षेत्रफल ४६५÷१४—२—२ को जग्गामा वाणिज्य संघका अध्यक्ष खड्का, खलंगा ९ कालेगाउँका कृष्णवहादुर खत्रीले ३ वर्ष अघि घर वनाएको र काँग्रेस कार्यकर्ता पृथ्वीवहादुर शाहीले अलि पहिले बनाएको घर किनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा—माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, नेकपा माक्सवादी, समाजवादी जनता पार्टी, नागरिक समाज र नेपाल पत्रकार महासंघका तर्फवाट बुझाइएको ज्ञापन पत्रमा १५ दिन भित्र कारवाहिको प्रक्रिया अगाढि नवढाए कडा आन्दोलन गर्ने चेतावनी दिइएको नेकपा एमालेका जिल्ला समिति सदस्य मित्रगणेश श्रेष्ठले वताए ।
उनका अनुसार ज्ञापन पत्रको वोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा बोधार्थ दिईएको छ ।
प्रशासन कार्यालयलाइ जग्गा खाली गराउने क्रममा कुनै पनि सहयोग गर्न आफुहरु तयार रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कृष्णश्याम वुढाथोकीले अनुसन्धान कार्यालयको नाममा रहेको जग्गा खाली गराउन तत्काल पहल गर्ने वताए ।
उनले पछि सरकारी संयन्त्र प्रयोग गरेर जग्गा खाली गराउँदा सबै दलहरुले सहयोग गर्नुपर्ने वताए ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख राजकुमार कालीकोटेले लालपुर्जा लिन मात्र वाँकी रहेको अव एक दुइ दिनमै सो काम पनि पुरा गर्ने तयारीमा रहेको वताए ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गर्ने तथा सरकारी जग्गा हडप्नेलाई कारवाहि गरिरहेको शन्दर्भ कोटयाउँदै बुधवार नेपाली काँग्रेसको अगुवाइमा बसेको वैठकले सर्वपक्षीय रुपमा राष्ट्रिय अनुसन्धान कार्यालयको जग्गामा बनेका घर भत्काउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रमार्फत अनुरोध गर्ने निर्णय गरेको हो ।
No comments:
Post a Comment