Wednesday, August 29, 2012

‘पिडा सुन्ने कोही भएन’


सुर्खेत, १३ भदौं ।
दैलेख दल्लुकी तारा सिंह अहिले सहयोगको लागि गुहार्दै सुर्खेत सम्म आईपुगेकी छन् तर उनको दुखेसो सुन्ने सुर्खेतमा पनि  कोहि  भेटाएकी छैनन् । उनी बिहानै उठेर भोको पेटमा सहयोग माग्दै हिड्छिन दिनभरी मागेको पैसाले औषधी सेवन गर्छिन । यो उनको रहर नभएर बाध्यता हो । 
२०२५ सालमा जन्मिएकी उनले जन्मजातनै मृगी रोगी भएको सिफारिस पनि साथमै बोकेकी छन् । पछि गएर २०५२ सालमा तर्कबहादुर सिंहसंग बिहे पनि गरिन् । तर्कबहादुर हाल सन्यासी भएर बसेका छन् । उनले आँखाभरी आँसु बनाएर भनीन् ‘सानो घर र अलिकति जग्गाको चोक्टो थियो त्यो पनि देवरले तेरो श्रीमानले पैसा लगेको छ भनेर लगे । भएको एउटा छोरा अर्काको बाख्रा चराएर खान्छ एक त विरामी अर्काेतिर परिवारको विचल्ली मलाई काल पनि किन नआएको होला ।’
उनलाई जिल्ला विकास समिति देलेखले निःशुल्क उपचार र सहयोगको लागि सिफारिस बनाई दिएको छ तर उनी भन्छिन ‘अस्पतालमा गयो औषधी छैन मेडिकलमा गएर किन्नुहोस भन्छन, डाक्टरले नियमित रुपमा औषधी सेवन गर्नुपर्छ भन्छन, कार्यलयमा गयो भने हाकिम छैन भन्छन अरु पनि कसैले सहयोग गर्दैनन् शहरमा सहयोगी भन्ने कमै हुदाँ रहेछन् ।’
अहिले उनी वीरेन्द्रनगर स्थित सौतेनी छोरीको घरमा बस्दै आएकी छन् तर त्यहाँ रोग सर्छ भनेर सुत्नलाई कपडा र चाहेको बेला पानी समेत खान नपाएको वताउँछिन । उनी दुई महिना अगाडि सुर्खेतको वीरेन्द्रनगर आएकी हुन् ।
उपचारका लागि भेरी अञ्चल अस्पताल बाँके जान खोजेको र कुनै पनि गाडिहरुले नलगिदिने भएकाले पत्रिकामा पढेर कोही कसैले सहयोग गर्थेकी भनेर पत्रिकाको कार्यालय खोज्दै हिडेकी छन् । उनी आपूm मरे पनि आफू जस्ता दिर्घ रोगीहरुलाई राज्य पक्ष या कुनै न कुनै पक्षबाट सहयोग होस भन्ने चाहेको बताउँछिन ।

No comments:

Post a Comment