Wednesday, August 29, 2012

‘होसियार’ ठगी गिरोह सक्रिय छ


सुर्खेत, १२ भदौं ।
मंगलबार दिउँसो वीरेन्द्रनगरमा छुट्टा छुट्टै दुईवटा  पसलहरुमा ठगिको प्रयास भएको छ । वीरेन्द्रनगर—६ मा रहेको बुलबुले एग्रोभेट र कुसम किराना पसल ठगिएका हुन् । ठगहरुले बुलबुले एग्रोभेटबाट नौ सय रुपियाँ र एक सयको काउलीको विउ गरी एक हजार ठगेको एग्रोभेट संचालक धनविर नेपालीले बताए ।  
यस्तै कसुम किराना पसलबाट दुईवटा रेडबुल र बाँकि पैसा गरेर एकहजार ठगेको किराना पसल संचालक लक्ष्मी थापाले बताईन । ‘ठगहरुले पहिले सामान किन्छु भन्ने लिने र एक हजारको नोट दिने पछि सामान महंगो भयो लिँदैन भनेर सामान फिर्ता गर्ने पैसा मागेर लिने तर पछि फेरी सामान लिने र आफूबाट अरु पैसा पनि लिएको संचालक लक्ष्मी थापा र धनविर नेपालीले बताए ।’ 

यी दुईवटै पसल एकै समय साढे दुई बजे फरक फरक ब्यक्तिले ठगेका हुन् ।  यस्तै वीरेन्द्रचौक स्थित काठ्माडौँ ब्यूटी पार्लर र संगै रहेको फेन्सि पसलमा दिउँसो साढे बाह्र बजे ठगिको प्रयास भएको संचालकले बताए । 
उनीहरुका अनुसार फेन्सि पसलमा टिसर्ट किन्छु भनेर र पार्लरमा फेसवास किन्ने निहुमा ठग्न खोजेको तर अफूहरुले थाहा पाएकाले ठग्न नपाएको संचालकहरुले बताएका छन् । वीरेन्द्रचौकमा एक जना पुरुष र एक जना महिला रहेको र एग्रोभेट लाईनमा ठग्ने दुई वटै पुरुष रहेको  र कालो वर्णका भारतिय नागरिक जस्तो भएको बताएका छन् । घटनाका सम्बन्धमा प्रहरीलाई जानकारी गराउँदा आफूहरुलाई कुनै जानकारी नभएको बताएका थिए ।

No comments:

Post a Comment