Wednesday, August 29, 2012

एक प्रहरीले चार सय १३ लाई सुरक्षा प्रदान


हतियार र लागुऔषधको विगविगी
१५ प्रहरी चौकी पुर्नस्थापना हुन बाँकी
३५७ प्रहरी कर्मचारीलाई कार्वाहि, २०५ जनालाई पुरस्कृत
५३ प्रहरी चौकीको पुनर्निर्माण
सुर्खेत, १२ भदौं
एक जना प्रहरी कर्मचारीले चार सय १३ जना व्यक्तिलाई सुरक्षा दिनुपर्ने बाध्यता रहेको छ । बढ्दो जनसंख्या संगै प्रहरी दरबन्दी थप नहुँदा ठुलो संख्यालाई प्रहरीले सुरक्षा दिनुपरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी नायव महानिरिक्षक  पार्वती थापामगरले जानकारी दिईन् ।

मध्यपश्चिमका १५ जिल्लामा ८ हजार ६ सय ५९ जना प्रहरी कर्मचारीको दरबन्दी रहेको छ भने एक जना प्रहरीले पाँच वर्गकिलोमिटर क्षेत्रफलको इलाका हेर्नुपर्ने बाध्यता रहेको छ ।
मध्यपश्चिम क्षेत्र स्तरीय प्रहरी प्रमुखहरुको एकदिने कार्याशाला गोष्ठिको समापन कार्यक्रममा गरिएको पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिइएकी हुन् । गोष्ठि पछि जनशक्ति वृद्धि गर्नुपर्ने र समय समयमा सामाजिक तालिम प्रदान गरिनुपर्ने सुझाव माथिल्लो तहमा पठाईने भएको छ ।
उनले आवश्यक, प्रयाप्त जनशक्ति तथा स्रोत साधनको अभावमा शान्ति सुरक्षाका सवालमा सोचेजति प्रगति हुन नसकेको बताईन । कतिपय स्थानहरुका भवन अभावका कारण समेत उपलब्धि हाँसिल गर्नमा समस्या भएको उनको भनाई थियो ।
जनताको सेवा र सुरक्षाकालागी नेपाल प्रहरी हरदम खटीरहेको भन्दै जनताले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताईन् । कर्णाली अञ्चलका विकट क्षेत्रमा भौगोलिक अबस्था तथा स्रोत साधन र जनशक्ति अभावका कारण शान्ति सुरक्षाका सवालमा समस्या भएको भनाई थियो । डोल्पा, हुम्ला सहितका हिमाली जिल्लामा मोटरबाटो भएपनि प्रहरीसंग सवारी साधन नहुँदा थप समस्या भएको छ । जनशक्ति अभावको समस्या रहेपनि ट्राफिक प्रहरीले राजस्व संकलन, लागुऔषध नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, भूमिगत संगठनलाई नियन्त्रण, अपराधीलाई पक्राउ र कार्वाहिमा उपलब्धि उल्लेख्य रहेको भनाई थियो ।
सोही अवसरमा आर्थिक बर्ष २०६७÷०६८ मा ४० हजार ३ सय ५२ सवारी साधनलाई कार्वाहि गरी ३३ लाख १६ हजार पाँच सय ३० रुपैयाँ राजश्व संकलन गरिएको थियो भने आर्थिक बर्ष २०६८÷०६९ मा ८० हजार ३२ सवारी साधनलाई कार्वाहि गरी १ करोड १ लाख ४७ हजार राजश्व संकलन गरिएको जनाईएको छ ।
प्रहरीले शान्ति सुरक्षा कायमका साथै स्थानीयबासीन्दालाई जानकारी गराउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्रहरु बाँकेले २५ सय ३० वटा, सुर्खेतले १६ सय ४ वटा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । दाङले २० वटा बैंक सुरक्षा र ट्राफिक नियम सचेतना, कालिकोटले २० वटा विद्यालयमा स्कुल सम्पर्क कार्यक्रम सञ्चालन गरेको जनाईएको छ ।
मध्यपश्चिम क्षेत्रमा प्रहरीले काठ नियन्त्रण, मानव बेचविखन, जवरजस्ती करणी, अपहरण, व्यक्ति हत्या, चोरी डाँका लुटपाटका घटनामा प्रहरीले सफलता प्राप्त गर्दै आएको प्रहरी नायव महानिरिक्षक थापामगरको दावि रहेको थियो ।
द्धन्द्धका क्रममा विस्तापित भएका मध्यपश्चिमका १५ प्रहरी चौकी पुर्नस्थापना हुन बाँकी रहेको जनाईएको छ । प्रयाप्त भौतिक संरचनाको अभावमा पुर्नस्थापना गर्न नसकिएको जनाईएको छ ।
द्धन्द्धकालमा क्षतिग्रस्त विगत तीन बर्षमा यस क्षेत्रका ५३ वटा प्रहरी चौकीका भवनहरु पुनर्निर्माण भएको र केही निर्माणाधिन अवस्थामा रहेको प्रहरी नायव महानिरिक्षक थापामगरले जानकारी दिईन । प्रहरी चौकीको आफ्नै जग्गा नहुँदा पुर्ननिर्माण कार्यमा अप्ठ्यारो भएको बताईएको छ ।
गत आर्थिक बर्षमा प्रहरी आचारसंहिता विपरित कार्यगर्ने ३ सय ५७ प्रहरी कर्मचारी कार्वाहिमा परेकोमा ७० जना सेवाबाट हटाईएको  थियो भने २ सय ५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

No comments:

Post a Comment