पृथ्वीबहादुर सिंह
निरुन्कुश जंगबहादुर राणाा श्री ३ महाराज हुनु भन्दा पहिले पश्चिम नेपालका हिमाल, पहाड तराईका बस्तीहरु आत्मा निर्भर थिए । पहाडमा त तामा, फलाम, खानीहरुबाट धाउ निकालेर उत्पादन समेत गरे र अहिलेका भारतका बस्तीहरुमा लिएर माल साटासाट गरेर आउने कुरा गाँउमा बुढापाका यूवा पिढीमा बताउदै आएका छन् । पहाडमा त आफै कपास लगाएर घरेलु तानबाट कपडा उत्पादन गरी आत्मा निर्भर थिए । नगदे बाली अलैजी, खुर्शानी, अदुवा घिउ उत्पादन गरी गरी आवश्यक विदेशी आयत बस्तुहरु खरीद गरी लिन्थे । त्यस्तै जडीबुटी पहाड, हिमाली भागमा उत्पादन गरी पठाइन्थ्यो ।
खेतीमा सवै आवश्यक बस्तुहरु आफै उत्पादन गर्दथे । एउटा परिवारले खाना नपुगेर अर्काे घर गाँउबाट अन्न खरिद गर्नु परेमा अपहेलना गरिन्थ्यो । कृषिका भए पनि बेसाह गर्नुलाई हेयका दृष्टिले हेरीनुले आत्मा निर्भर हुन साहस बढाउथ्यो । राणाकालभरी शिक्षामा जनताको पहँच थिएन । साम्राज्यवादी अंग्रेज बैज्ञानीक विकास गर्न आफ्नो मुलुकमा प्रजातन्त्र स्थापना गरी आधुनिक हतियार र मानिसको सट्टा मेशिनले उत्पादनको प्रविधिको विकास गरेर बजार कब्जा गर्ने उद्देश्य लिएर विश्वभर शासन गर्दै भारतिय उपमहादिप पुग्यो । अंग्रेज संसारमा आफ्नो वर्वच्चो कायमा गर्दै आएकोेले धेरै चतुर थिए । अहिलेका हिन्दुस्थान, पाकिस्तान, बंगलादेशमा छरिएर रहेका ६२५ साना ठूला राज्यले अग्रेजले एकिरण ग¥यो । नेपालमा पनि पूर्वदेखि पश्चिमा धेरै भु–भागमा अंग्रेजसँग लडाक परेर इ.सं. १८१६ मा कसुनौली सन्धी गरेर धेरै पहाडी तथा समथर भु–भाग लिएर पहाडी र थेरै तराई नेपाल अलग राज्य पहिचान राखी दियो । दरवारले अंग्रेजसँग घुडा टेकेर सन्धी ग¥यो । अंग्रेजसँग धेरै लडेर हायल–कायल पारेका काजी अमरसिंह थापा यही सन्धीका कारण गोसाई कुण्डामा गै हामफालेर मृत्यु बरण गरे ।
सुनौली सन्धी पछि नेपालमा पहिलो अंग्रेजी राजदुताबास खोलियो । त्यसपछि मात्र जंगबहादुर राणाले कोतपर्व, भण्डार खाल पर्व गरेर राष्ट्रबादी दरवारियाहरुको कत्ले आम गरेका हुन । हत्याकाण्ड पछि निरुन्कुश बनेका जंगबहादुर आफ्नो दलबल सहित अंग्रेजले एकवर्ष यूरोप भ्रमणको निम्तो दिएर अंग्रेजको विकास देखाउन साथै कसरी निरुन्कुश हुन सकिन्छ हाम्रो आदेश मान्नु पर्छ भन्ने समेत पाठ पढाएर फिर्ता पठायो । उनले पुरोप भ्रमण गरेका हर्कत जंगबहादुरको बेलायत भ्रमण हेरे पुग्छ । अंगं्रेजले नेपालमा शासन नगरे पनि बजार र राज्य सञ्चालनको निर्देशन जंगबहादुरले चलाए । नेपाललाई आत्मा निर्भर बाट हटाउन पहिलो भारतीय उपनिवेशसम्म रेलको लिड विछायो । आफ्ना मेशिनबाट बनेका बस्तुहरु नेपाल भित्रयाउन र नेपालबाट कच्चामाल र युवाहरु भाडामा लिन दक्षिणतिर बजार निर्माण ग¥यो । नेपालमा रहेका फलामा, तामा, खानीहरु यूरोप अंग्रेजले मेशनबाट निमार्ण गरेका बस्तुहरु आयात हुनथाल्यो । अहिले पनि सिम्ता खानीखोलामा तामा, बजेडीचौरमा फलाम खानी अवशेष रुपमा देख्न सकिन्छ । यहाँका फलाम भारतको बलामरपूरसम्म बेचेको कुरा वुढापाकाहरु बताउँदै आएका छन् ।
इ.सं. १८५७ को भारतिय सिचाई विद्रोह बवाउन स्वयम जंगबहादुरलाई नेपाली पल्टन लिएर आउने अंग्रेज भने पछि लखनउ, कानपुर पुगेर जनविद्रोहको कत्लेआम गरेका थिए । त्यो बखतमा अंग्रेजले जंगबहादुरलाई अहिलेको बाँके वर्दिया, कैलाली कञ्चनपुर उपहार स्वरुप नेपालकलाई फिर्ता दिएको हो । भाडा पाएपछि गोर्खालीहरुले जे जस्तो कठिन काम गर्न मुर्खता देखाउने रहेछन् भनि भारतिय शेनामा गोर्खाली भत्र्तिकेन्द्र अहिलेको ओटकाबादमा खोलेर बहादुर बनाएको हो । बहादुरको थेगो पनि जंगबहादुर सँग जोडीएर दिईएको हो । पहिला र द्रोस्रो विश्व युद्वमा अंग्रेज साम्राज्यवादको रक्षाको लागि पचासी हजार नेपालीले ज्यान गुमाएका थिए । अंग्रेजले त्यो लडाइमा उपहास स्वरुप दार्जलिङ्, सिक्कमदेखि पश्चिम व्रगला फेरी उपहार नेपाललाई दिन चाहेको थियो तर चन्द्रसम्शेर जुग्द्वम्शेरहरुले भूभि नपाए करौंडौ पैसा लिएर रगतको मूल्य चुकाएको इतिहाँस अंकित छ ।
पञ्चायत प्रर्वदक स्व महेन्द्रले पूर्वपश्चिम राजमार्ग शिलान्यास गरे । भारतिय सिमा सुरक्षा गर्न पुनरवास कम्पनीखोलेर बस्ती बसाले तर गोर्खा भत्र्तिकेन्द्र यथावत रह्यो । यो समयमा भाडामा भारतका अन्य काम गर्ने चौकीदार खैर, उख्खु काट्ने, काला पहाड सडक खन्ने मजदुर बन्न पुगे । त्यस समय एउटा गीत रेडीयो नेपालले समेत निमार्ण ग¥यो । ‘कालिपारे दाई कतिराम्रो ढाँकाटोपी कानैमा गल्फन्दी’ । पञ्चायतकाल भरी त्यसवेलाका अराष्ट्रिय तत्व बहुदलबादीहरुले संगठन गर्ने भूमिकगत कालमा राजसंस्था साशन प्रणालीको विरुद्व प्ररीक्षण गर्ने नेपालको यो निरुन्कुश व्यवस्था आफ्नो युवाहरु भाडामा भारतिय विस्तारबाद, अंग्रेज साम्राज्यवाद रक्षा गर्न पठाइरहेको छ । भारतिय भूमिमा कुल्ली दरवारन होटलका कान्छा बनाईरहेका छन् । हाम्रो भुमि त सुनको चरा हो । आँखाको नानी, हिरा, जुहारात सानो हुन्छ यो भूमि पनि त्यही बहुमुल्य छ, यसलाई बैज्ञानिक विकास गर्न युवाहरुको रगत यही खर्चगनुपर्छ, यो निमार्ण गर्न बहुदलिय प्रजातन्त्र गणतन्त्र आदि इत्यादी फलाक्द्थे । हामीहरु प्नि होला त यिनीहरुसँग दृष्ट्रिकोण छ यहाँ त दलिय व्यवस्था कम्युनिष्ट शासन नभएर हामी परलम्बीत भएका हौ भनि प्रशिक्षण गरेर जनताको रगत उमाल्दथे । यही कारणले सात दशक जनक्रान्तिमा रगत नेपाली जनताले बगाए । यो पन्तीकार पनि ४४ वर्ष यो लडाईमा होमियो । २०४६ सालको बहुदलिय व्यवस्था २०५२ सालको शसस्त्र विद्रोह २०६२÷०६३ को संयुक्त जनआन्दोलना दोस्रो गरेर निनी निमार्ण बनाउने स्थान पु¥यायौं ।
No comments:
Post a Comment