Thursday, August 30, 2012

उच्च मावि गाग्रेतालमा कमिटी


सुर्खेत, १४ भदौ ।
अनेरास्ववियु क्रान्तिकारी सुर्खेतले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय गाग्रेतालमा इकाई कमिटि गठन गरेको छ । थानेश्वर रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा आकाश अधिकारी, सचिवमा गोविन्द चपाई, सह–सचिवमा मनोज लामिछाने र कोषाध्यक्षमा इन्द्रा लामिछाने चयन भएका छन् ।
त्यस्तै जीवन ज्योती उच्च माध्यमिक विद्यालयमा पनि निसा विसीको अध्यक्षतामा १३ सदस्यीय इकाई कमिटि गठन गरिएको छ । त्यसैगरी जनता बहुमुखी क्याम्पस विद्यालपुरमा जगत ढकालको अध्यक्षतामा २४ सदस्यीय कमिटि गठन गरिएको जनाइएको छ । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रंीय सदस्य एवंम् सुर्खेत जिल्ला संयोजक अजित वौडेलले प्रशिक्षण दिएका थिए । 

No comments:

Post a Comment