सुर्खेत, १६ भदौ ।
जगन्नाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लेखपराजुल—६ को चौंथो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष लक्ष्मीप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष जयबहादुर जि.सी.को अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
साधारण सभामा जिल्ला कृषि विकास कार्यालय अन्तर्गतको रामघाट कृषि सेवा केन्द्रका प्रमुख रामबाबु यादव, चुरेपर्वत कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष पदम वली, लोककल्याणकारी महिला कृषि तथा पशुपालन सहकारीका सल्लाहकार रामराज खड्का सहितले संस्थाको सफलताको शुभकामना दिएका थिए ।
भेलामा संस्थाका कोषाध्यक्ष मानकुँवारा जैसीले आव २०६८÷०६९ को १२ लाख ७८ हजार ३ सय ९२ रुपैयाँको आयव्यय विवरण तथा संस्थाका सचिव मायाराम शर्माले बार्षिक कार्यक्रम प्रस्तुत गरि साधारण सभाबाट पारित गरिएको थियो ।
सभाले विष्णुप्रसाद जैसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कुसबहादुर सेन, सचिवमा मायाराम शर्मा, कोषाध्यक्षमा मानकुँवारा जैसी, सदस्यहरुमा टिकाराम रेग्मी, टिकासरा विक, जयलाल सार्की, पुरीचन्द्र बुढा, लक्ष्मी घर्ती सर्वसम्मत चयन भएका छन् । साधारण सभाले जयबहादुर जि.सी. र मोतिराम शर्मालाई सल्लाहकार सदस्यमा चयन गरेको छ ।
No comments:
Post a Comment