Saturday, September 1, 2012

चराले पनि गर्छन मृत्युपछिको संस्कार


काठमाडौं, १६ भदौ ।  
जब कोही मान्छेको मृत्यु हुन्छ  तब उसका आफन्त र वरिपरिका मान्छेहरुले उसको अन्त्येष्टि गर्छन र दुख व्यक्त गर्न विभिन्न संस्कार पनि गर्छन ।
मानिसको संस्कारमा पर्ने यो महत्वपूर्ण काम जनावरमा पनि हुन्छ भनेर बारम्बार चर्चा हुने गर्छन । कमिलाले पनि आफ्ना मरेको साथीलाई बोकेर लाने गरेको हामीले देखेका पनि छौं । चरामा पनि यो गुण हुन सक्ने विज्ञहरुले धेरै अघिदेखि नै अड्कल काटेका पनि हुन । अड्कलसँगै यस्ता घटना बेला बेलामा देखिएको छ ।
यस्तै एक घटना २००९ मा पूर्वी फियर बैंकमा भएको थियो । करेन्ट लागेर मरेका २ ¥याभन जातका चरा मरेका बेला झण्डै २ सय चराले भेला भएर उनीहरुको शरीर बरिपरि घुमेका थिए । यो घटनालाई न्युज माइनर नामक आलाइन पत्रिकाले समाचार बनाएको थियो । यस्तै सोच र घटनाका बीच क्यालिफोर्निया यूनिभर्सिटीमा टेरेसा इग्लिसियासको समुहले गरेको एक अध्ययनले पनि यो कुरालाई झनै बल पुगेको छ । अध्ययनले केही प्रजातीका चराहरुले आफ्ना मरेका साथीको अन्तिम संस्कार गर्ने तथ्य पत्ता लागेको छ । पश्चिमी स्कर्ब जे जातका चरामा गरिएको परिक्षणबाट यो कुरा खुलेको हो । स्कर्ब जे चरा मरेमा अरु जे चराहरु मरेको चरा नजिक आएर वरिपरि घुम्ने वैज्ञानिकहरुले पत्ता लाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार यो कार्य नजिक भएका अरु चरालाई हुन सक्ने खतराबाट सुचित गर्ने कार्य हुन सक्छ ।
यो अनुसन्धानका लागि एउटा खाली जग्गामा मरेको जे चरा, अरु चरा र केहीकाठहरु राखिएको थियो । अरु मरेका चरा र काठमा चराहरुले असंलग्न खालको व्यवहार देखाए । तर जब उनीहरु मरेको जे चरा नजिक आए तब उनीहरु सावधान भन्ने तरिकाले कराउन थाले ।
त्यसपछि उनीहरु सबैले त्यो मरेको चरा वरिपरि जम्मा भएर छुट्टै किसिमको घेरा बनाए । त्यपछि उनीहरुको कराई फरक भयो । कराइ गाली गरेको जस्तो लाग्थ्यो । यो आवाज सुनेर अरु चरा पनि त्यहाँ आएको पाइयो । उनीहरुले यो क्रममा खाना खोज्ने प्रत्रिया पनि पुरै एक दिनको लागि रोके ।
त्यो समयमा केही खतराको सङ्केत पाएमा उनीहरु झने कराउने र खतराबाट टाढा जाने कोशिस पनि गरेको देखियो । मरेको जेसँग उनीहरुले आफ्ना दुश्मनलाई हमला गर्न लागेकोजस्तो व्यवहार पनि देखाए । 
अनुसन्धानकर्ताहरुले यसपछि भनेकोछन कि कुनै पनि चराको मृत्यु जेहरुका लागी उत्तिकै महत्वपूर्ण जानकारी हो जतिकी कुनै दुश्मन भेट्टाउनु । त्यही भएर यो कुराको बारेमा अरुलाई भन्न जरुरी छ ।  
तर यो प्रकृयामा उनीहरुले मरेको चरालाई छुन भने खोज्दैनन । कुनै मृत चरा त्यहाँ छ भनेर भन्नुको अर्थ के हुन सक्छ भने त्यो हाता भित्र भएका चराहरु खतरामा हुन सक्छन र उनीहरुले त्यो खताराबाट बच्न जरुरी छ । चरासँगै अरु जनावरले पनि मृत्युको बारेमा थाहा पाउँछन् । उदाहरणका लागी हात्तीहरुको बिच कोही मरेमा उनीहरु पनि वरिपरि घुम्छन र दुख मनाउँछन ।

No comments:

Post a Comment