सुर्खेत, १६ भदौ ।
पढाईको सिलसीलामा जाजरकोटबाट सुर्खेत आएका जाजरकोटी विद्यार्थीहरुको भेलाले जाजरकोटी एकता समाज पुर्नगठन गरेको छ ।
जसको अध्यक्षमा विष्णुकुमार शाह, उपाध्यक्षमा प्रदिप राणा र पारश केसी, सचिबमा कमल प्रतिक केसी, सह—सचिबमा केपि शर्मा (कृष्ण), कोषाध्यक्षमा लक्ष्मी विसी र सदस्यहरुमा नरेश केसी, प्रेमबहादुर शाही, महेशकुमार थापा, गोरखबहादुर खड्का, प्रकाश राणा, चन्द्रबहादुर विक, महेश शाही, रुपलाल शर्मा, सर्वजंड्ढ शाही, विष्णुप्रसाद शर्मा लगायतका चयन भएका छन् । पुरानो समितीले विगतमा गरेका कामहरु अपादर्शी भएको र आर्थिक भ्रष्ट्राचार समेत गरेकाले नयाँ समिती गठन गरिएको जनाइएको छ । जाजरकोटबाट पढाई र अन्य सिलसीलामा सुर्खेत आउने विद्यार्थीहरुलाई सहयोग गर्ने समितिले जनाएको छ । भेलामा पचास जना जाजरकोटी बिद्यार्थीरुको उपस्थित रहेको थियो ।
No comments:
Post a Comment