Thursday, August 30, 2012

बजार क्षेत्रमा छाडापशुको रजाई


सुर्खेत, १४ भदौ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा छाडा पशुचौपायको रजाई रहेको छ । मंगलगढीचोक, नेता चोक, वीरेन्द्रचोक र जुम्ला रोडको यरीचोकमा छाडापशुको कव्जामा हुने गरेको छ । छाडा पशुचौपायका कारण सवारी आगमनमा अवरोध हुनुका साथै सवारी दुर्घटनाको खतरा समेत बनाएको छ ।

वीरेन्द्रनगर नगरनगरपालिका कार्यालयले केही दिन अघि पशुचौपाय हटाएको भएपनि पुनः वीरेन्द्रनगर बजार क्षेत्रका मुख्य मुख्य स्थानमा प्रशस्त पशुचौपाय भेटिने गरेका छन् ।
नगरपालिकाले छाडा रुपमा रहेका पशुहरुलाई थुनेर नगर वाहिर छाड्ने गर्छ तर पाँच दिनदेखि एक हप्तामै पुन ः बजार क्षेत्रमा आईहाल्ने गरेको गरेको नगरपालिका जनाएको छ ।  
सडकमा बाटो अबरुद्ध गरेर बस्ने र हर्न बजाउँदा समेत बाटो नछोड्ने हुँदा गाडीबाट ओर्लिएर हटाउनु परेको मंगलगडी—वाँङ्गेसीमल चल्ने जिपका चालक रामप्रसाद नेपालीले  बताए । 
‘मान्छेले सुबिधायुक्त शहर खोज्ने र वसाई सराई गरेर शहर आउने क्रमसंगै सुर्खेतका छाडा पशुहरु पनि  वीरेन्द्रनगर  छोड्न मान्दैनन््’—उनको भनाई थियो । अहिले वीरेन्द्र नगरका सडकहरुमा छाडा पशुहरुले ले कब्जा जमाउन थालेका छन् । छाडा छोडिएका पशुहरुले सडकमा जथाभावि बस्ने र हिडडुल गर्नाले सवारी चालक एवंम् पैदल हिड्ने सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ ।  
विशेष गरेर नगर भित्र चल्ने साना जिप तथा ट्याम्पु चालकहरुले समस्या खेप्नुपरेको पावरटेलरका चालक हरी सापकोटाका भनाई रहेको छ । 
‘बाटो अबरुद्ध गर्ने मात्र होईन दुर्घटना प्रमुख कारण छाडापशु भएका छन्’—जिल्ला ट्राफिक कार्यालय सुर्खेतका ट्राफिक प्रहरी प्रमुख कृष्णराज सापकोटाले बताए । हाल सुर्खेतमा पचास भन्दा बढि छाडापशु भएको प्रमुख सापकोटाले बताए । सबै भन्दा बढी मंगल गढी चौक र चाइना पुल नजिक चाप हुने गरेको समेत उनको भनाई थियो । 
साउन र भदौमा गरी असी भन्दा बढी छाडा पशु नगर भन्दा वाहिर पठाएको र अझै वाहिर पठाउने कार्य जारी रहेको समेत प्रमुख सापकोटाले बताए । सडकमा बस्ने र दिशा पिसाब गरेर फोहोर समेत भएको वीरेन्द्रनगर—६ की मनकुमारी रावतले वताईन । 
हाल वीरेन्द्रनगरका सडकहरुमा हुल पशुहरु हिडडुल गरेको पाईन्छ । तर  ती पशुहरुका धनी भने हुँदैनन् । नगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि छाडारुपमा पशु छोड्ने त्र्रmम रोकिएको छैन् । छाडा पशुहरुमा सबै भन्दा बढी गाई र बुढा गोरुहरु भएको नगरपालिकाका नगर नियमनकर्ता टंकप्रसाद आचार्यले बताए । 
रोपाईको सिजन भएकाले आषाढ—साउनमा कम हुने र भदौबाट संख्यामा पुन. बृद्धि हुने नियमनकर्ता आचार्यले बताए । हाल नगरपालिकाले छाडा छोडिएका गाई वस्तुलाई नियन्त्रणमा लिने र  भ्याली भन्दा वाहिर लगेर छोडने गरेको छ । पूर्वमा सत्तरी र पश्चिममा गीरीघाट पुल भन्दा वाहिर लगेर छोड्ने गरको छ । तर पाँच दिन देखि एक हप्ता सम्ममा पुन्न. वीरेन्द्रनगर आईपुग्ने गरेको कार्यालयका नगर नियमनकर्ता आचार्यले बताए । 
छाडा गाई गोरु  लगेर थुन्ने र कोही कसैले खोजी तथा  लिन नआउने भएकाले समस्या भएको छ । तीन दिनसम्म थुन्न पाउने नियम भएको र भोकै थुनेर राख्न पनि नसकीने भएकाले समस्या भएको आचार्यले बताए । 
लिलाम गर्दा पनि कसैले किन्न नआउने भएकाले निशुल्क कार्यालयले प्रमाण वनाएर दिने गरेको आचार्यले बताए । छिटै व्यवस्थापन होस भन्ने चाहना छाडा पशुका कारण सास्ति भोग्नु परेका सवारी चालक तथा पैदल यात्रुहरुको रहेको छ ।

No comments:

Post a Comment