Wednesday, August 29, 2012

सुर्खेत जिल्लाको सरसफाई पहँुच बढ्यो


सुर्खेत, १३ भदौं ।
सुर्खेत जिल्लाको सरसफाई पहँुच ३३ प्रतिशत बाट बढेर ५३ प्रतिशत पुगेको छ । सुर्खेत जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त बनाउने योजना अनुसार जिल्लामा विभिन्न संघ संस्था तथा सरकारी र स्थानीयबासीहरुको सहयोगमा सरसफाई पहुँच बढेको हो । हाल सम्म सुर्खेत जिल्लाका १६ वटा गाविसहरु खुल्ला दिशामुक्त घोषणा भईसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१० मा निकालेको तथ्याड्ढ अनुसार  नेपाल खुल्लादिशा गर्नेहरुको सूचीमा आठौँ स्थानमा रहेको छ । मध्यपश्चिमको खानेपानी र सरसफाईको पहँुचमा ७६.३ प्रतिशत रहेको जनाईएको छ । 
खानेपानी तथा ढल निकास विभागले २०६७ मा निकालेको तथ्याड्ढ अनुसार प्रत्येक दिन एक करोड ५६ लाख नेपालीहरु खुल्ला ठाउँमा दिशा गर्छन । यूनिसेफले निकालेको तथ्याड्ढ अनुसार पानी जन्य रोगका कारण पाँच बर्षमूनीका दश हजार पाँच सय नेपाली बालबालिका मर्छन । 
नेपालीहरुलाई लाग्ने ८० प्रतिशत भन्दा बढि रोगहरु गुणस्तरयूक्त खानेपानी तथा सरसफाईको पहँुच नभएकाले गर्दा लाग्ने गरेको नेपाल सरकार ले सन् २००३ मा निकालेको तथ्याड्ढमा उल्लेख गरिएको छ ।  साथै खुल्ला दिशामुक्त अभियान अन्तर्गत बुधबार नेपाल स्वास्थ्यका लागि पानी र खानेपानी तथा सरसफाई पत्रकार समुह सुर्खेतले पत्रकारहरुलाई सरसफाई सम्बन्धि फिचर लेखनका विषयमा छलफल गरेको थियो ।

No comments:

Post a Comment