Wednesday, August 29, 2012

एसपि परियार चिन जाँदै


सुर्खेत, १३ भदौं ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराम परियारले चिनमा हुने कानूनी सूचना विषयक तालिममा सहभागी हुने अवसर पाएका छन् ।
भदौ २१ गतेदेखि असोज पाँच गतेसम्म हुने चिनको कुन्मीनमा हुने तालिमका लागी गृह मन्त्रालयले केही प्रहरी अधिकृतहरुलाई छनोट गरेको थियो ।
त्यसमा परियार पनि परेका हुन् । तालिममा सहभागी हुन पाएकोमा आफु निकै खुसी भएको परियारले प्रतिक्रिया दिएका छन् । जनताको जीउ धनको सुरक्षाका लागी खटिने प्रहरीको काम बारे जानकारी गराएर सहयोग गरेकाले कामको मुल्याङ्कन भएको भन्दै सुर्खेतका पत्रकारहरुलाई
इमेल मार्फत आभार प्रकट पनि उनले गरेका छन् ।

No comments:

Post a Comment