बर्दिया, २६ भदौ ।
वन्यजन्तुको अवस्था थापा पाउन र चोरी शिकार नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा नेपालमै पहिलो पटक पाईलट बिनाको जहाजद्धारा एरियल गस्ती सुरु गरिएकोे छ । ‘अटो पाईलट कन्जरभेसन ड्रोन्स’ नामक पाइलट आवश्यक नपर्ने जहाजमा क्यामरा जडान गरी निकुञ्जभित्र गस्ती गर्न शुरु गरिएको हो ।

निकुञ्जको नक्सा अनुसार कुन क्षेत्र अवलोकन गर्ने र कति समयभित्र फर्कने भन्ने कुरा उडान अघिनै कम्प्युटरमा निश्चित गर्ने र ८ जिबी क्षमता भएको पेनड्राईभ सहितको क्यामरा जडान गरी निकुञ्ज अवलोकन गर्न जहाज उडाउन सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
बर्दिया र चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम दिएपछि मंगलबारदेखि बर्दियामा जहाज उडाउन थालिएको हो । जहाजको डिजाईन गर्ने प्रमुख ब्यक्ति नै सिंगापुरबाट आएर जहाज चलाउने तालिम दिए । ब्याट्रीबाट चल्ने जहाज उडानका क्रममा २० किलोमिटर टाढासम्म पुग्ने र प्रतिसेकेन्ड १० मिटर उडान भर्ने जानकारी दिइएको छ ।
No comments:
Post a Comment