सुर्खेत, २५ भदौ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजना सम्झौता भएको दुई बर्ष वितिसकेको छ । सम्झौता लगत्तै संचालनमा आउनुपर्ने आयोजना ढिलो गरी कार्यान्वयन हुँदा आधाभन्दाबढी कार्य संचालन हुनै बाँकी रहेको छ । कार्यालय सुर्खेत स्थापना भएपछि प्रशासनिक, प्रकाशन, विज्ञ सहितलाई गरी कुल ९ करोड भन्दाबढी खर्च भएपनि १२ लाख मात्रै लक्षित समुदाय सम्म पुगेको जनाईएको छ ।
कृषि व्यवसायमा आधारित रहेर काम गर्न चाहने उपभोक्ता समुहहरुलाई आर्थिक सहयोग गर्न सकिने कुरा उच्च मूल्य कृषि बस्तु विकास आयोजना प्रमुख राजेन्द्र भारीले बताएका छन् ।
सुर्खेत स्थित आयोजना कार्यालयको तर्फबाट क्षेत्रीय कृषि निर्देशनालयमा पत्रकार सम्मेलन गर्दै मध्य तथा सुदूर पश्चिमका गरिब भूमिहिन साना किसानहरुको समूह र उसले गर्ने खेती र व्यापार व्यवसायका लागि आर्थिक सहयोग जुटाउने जानकारी भारीले दिएका थिए ।

ग्रामीण भेगका विशेषगरी महिला र सीमान्त कृषक जनतालाई कृषि बस्तु, जडीबुटी र गैह्रकाष्ट बनपैदावारमा आवद्ध गराउँदै रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य आयोजनाले लिएको कुरा भारीले बताए । कृषक, सहकारी, व्यवसायीलाई प्रस्तावना पेस गर्न समेत अनुरोध गरिएको छ ।
मध्यपश्चिमका ९ र सुदूरपश्चिमको १ जिल्लाका किसान उपभोक्ताहरु सित मिलेर काम गरिने कुराको जानकारी दिँदै यो कार्यक्रमबाट उत्पादक र व्यापारी गरी १५ हजार ३ सय घरधुरी र अप्रत्यक्ष रुपमा ३७ हजार घरधुरी आयोजना अवधि भर लाभान्वित हुने छन् भने आयोजना संचालन भएको करिव यो दुई वर्षको अवधिमा जुम्ला, सुर्खेत, दैलेख गरी १ हजार ५ सय १४ घर धुरी लाभान्भित भएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।
आयोजनाले लिएको लक्ष्य अनुसार प्रगति हुन सक्यो भने प्रति परिवार बार्षिक ३० हजार आम्दानी बृद्धि हुने र व्यवसाय संचालनमा ६० प्रतिशत महिलाहरुको सक्रिय सहभागिता रहने पनि जानकारी दिईयो ।
आयोजना अवधि भरका लागि नेपाल सरकार, ऋण, अनुदान, एसएनभी, लाभान्वित र नीजि क्षेत्रले १ अर्व ४० करोड रुपैयाँ लगानी गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । आयोजनाले खासगरी कर्णाली अंचलमा जडीवुटी र स्याउ खेलीका लागि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान जिल्लामा तरकारी विउ र बेमौसमी तरकारी, स्याउ, सुन्ताला, अदुवा, वेसार, टिमुर, खसीबोका जस्ता व्यवसायमा आयोजनाले छुट्याएको १ अर्व ४० करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
No comments:
Post a Comment