गोबिन्द खत्री
सुर्खेत, २५ भदौ ।
युवा संघ नेपालका केन्द्रिय महासचिब निरज आचार्यले जवसम्म संविधान बन्दैन त्यति बेला सम्म युवा संघ नेपालले सडक आन्दोलन जारी राख्ने बताएका छन् । सोमबार वीरेन्द्रनगरमा नगर युवा संघको छैठौँ अधिवेसनमा वोल्दै महासचिव आचार्यले यस्तो बताएका हुन् ।
जेठ १४ लाई कालो दिनको संज्ञा दिँदै संविधान सभाको विगठन संगै युवा र सिंगो देशको भविष्यनै अन्धकार तिर धकेलिएकोले युवा संघ आन्दोलित हुनुपरेको जिकिर गरेका छन् । वर्तमान सरकारलाई भ्रष्टाचारी र घुसखोरीको संज्ञा दिँदै सरकारले गरेका विप्पा सम्झौता, सुर्पुदकी सन्धि, अन्तर्राष्ट्रिय विमानस्थल भारतिय कम्पनीलाई जिम्मा दिने कार्यहरुलाई हेर्दा सरकार राष्ट्र र राष्ट्रियता प्रति उत्तरदायि नभएर विदेशी दलाल, भ्रष्टहरुप्रति उत्तरदायि भएको आरोप लगाएका छन् ।
उनले एमाओवादीलाई संकेत गर्दै १४ हजार जनताको रगतमा पौडि खेलेर सरकारमा पुगेको पार्टीले अहिले जनतालाई र शहिद, घाईतेका परिवारलाई घात गरेको आरोप समेत लगाएका छन् । अहिलेको आन्दोलन अधिनायकबाद विरुद्ध भएको तर युवा संघले गरिरहेको आन्दोलन सरकार ढाल्न गरिएको भन्ने भ्रम रहेकोले यो भ्रमलाई चिर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै संघ सचिव तथा संगठन विभाग प्रमुख बाबुराम थापाले सरकारले गरेको मूल्य बृद्धिको विरोध गर्न सम्पूर्ण युवाहरुलाई आग्रह गरेका छन् । साथै संघको आठौँ महाधिवेसनसम्म दश लाख युवाहरुलाई युवा संघमा आवद्ध गराउने समेत बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका अध्यक्ष नवराज रावतले युवाहरुलाई नेता होईन नीतिको पछि लाग्न आग्रह गरेका छन् ।
युवा संघ नेपालका केन्द्रिय सदस्य टिकाराम शर्माले युवा संघ भिरमौरीको जस्तै भएको र भ्रष्टाचारी विरुद्ध नेतृत्व पंक्तिदेखिनै एक जुट भएर त्यसको बिरुद्धमा लाग्ने बताएका छन् । नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल सहितले आ—आफ्नो भनाई राखेका थिए । छैठौं नगर युवा सम्मेलनले बालाराम तिवारीको अध्यक्षमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नगर कमिटीको उपाध्यक्षमा विक्रम गिरी, सचिवमा फत्तबहादुर स्वति मगर, सहसचिवमा रामबहादुर राना, कोषाध्यक्षमा रेणु सुनार र सदस्यहरुमा प्रकाश तिमिल्सेना, भुवन ढकाल, भिमबहादुर थापा, युवराज गिरी, प्रविणकुमार पन्त, रत्नलाल न्यौपाने, निरक कँडेल, ओमबहादुर राना, ओमबहादुर थापा, टेकबहादुर रोकाय, पवित्रा खाम्चा, मनबहादुर सारु, मनबहादुर सारु, जितबहादुर विसी चयन भएका छन् ।
No comments:
Post a Comment