Monday, September 10, 2012

घाइते पत्रकार खड्काको हेलिकप्टर लिएर उद्धार

सुर्खेत, २५ भदौ । 
भिरवाट खसेको ढुङ्गा लागेर गम्भिर घाईते भएका नेपाल पत्रकार महासंघ बझाङ्गका सचिव नरेश खडकालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।  हेमन्तवाडा गाविस घर भएका खड्का सदरमुकाम चैनपुर आउँदै गर्दा पानकोट भिर माथिबाट आएको ढुड्गा टाउकोमा लागेर गम्भिर घाईते भएका थिए । 
टाउकोमा गम्भिर चोट लागेका खड्कालाई प्रहरीले उद्धार गरी सदरमुकाम स्थित अमिसा अस्पतालमा  प्रारम्भिक उपचार गरिएको थियो । जिल्लामा उपचार हुन नसक्ने भएपछि नेपाल पत्रकार महासंघको पहलमा घाईते खड्कालाई सिम्रिक एअरको हेलिकप्टरबाट उपचारका लागि नेपालगंज ल्याइएकोछ ।

उद्धारका लागि हेलिकप्टरमा महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतम, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापा बझाङ्ग पुगेका थिए ।   संयोजक गौतमका अनुसार सुर्खेतबाट चार्टड गरेर लगिएको सो हेलिकप्टरको भाडा ३ लाख ८० हजार  पत्रकार महासंघ केन्द्र तथा शाखा बझाङ्ग बेहोर्ने भएको छ । विगत १० वर्षदेखी पत्रकारीतामा कार्यरत  खड्का नयाँ पत्रिका, माउन्टेन टिभी साथै स्थानीय दिनेश एफएममा पनि कार्यरत छन् । खडकाको हाल नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment