सुर्खेत २५ भदौ ।
जिल्ला आपूर्ति समितिले नेपालीहरुको चाडपर्वहरुलाई ध्यानमा राख्दै चलन चल्तीमा विक्रीवितरण गर्दै आएका उपभोग्य बस्तुहरुमा सहुलियत उपलव्ध गराउन निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले चाडपर्वहरुलाई केन्द्र विन्दुमाराखी सुर्खेत उद्योग वाणिज्य संघले सहुलियत दरमा उपभोग्य बस्तुहरु उपलव्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको हो ।

यसैगरी साल्ट टे«डिङले नुन, तेज, चिनी, घीउ र खाद्य संस्थानले चामल, दाल, गेडागुडी प्रचलित दरभन्दा कममा सहुलिय दिन पहल गर्ने, डिभिजन सहकारीले सहकारी पसलको अनुगमन गरी बजार मूल्यभन्दा कममा विक्रीवितरण अनुरोध गर्ने भनिएको छ ।
त्यस्तै नगरपालिकाले सडक बत्ती, बजार सरसफाईका साथै नगरमा भएका पसलहरुको मूल्य सूची अनुगमन गर्ने, प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने, तिहारमा आउने पटाका प्रवेश गर्न नदिने, यातायात व्यवसायीहरुले सवारी साधनहरु थप्ने र टिकटको विक्री वितरण सहज बनाउने, डिभिजन सडक र जिविसले आ—आफ्नो क्षेत्रभित्रका सडकहरु मर्मत सम्भार गर्ने र खाद्य पदार्थहरुमा मिसावट, अखाद्य तथा म्याद नाघेका बस्तुहरुमा विक्री वितरण गरेको पाईएमा प्रशासनले कडा कारबाही गर्ने निर्णयहरु गरिएका छन् । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरको अध्यक्षतामा बैठक बसेको थियो ।
No comments:
Post a Comment