सुर्खेत,२९भदौ
४९ औ बाल दिबश सुर्खेत लगाएत देशैभरी बिभिन्न कार्यक्रम गरी सरकारी तथा गैरसकारी क्षेत्रले विभिन्न कार्यक्रम गरी मनाएका छन । सन १९९० मा सरकारले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा भर्दौ २९ गते बालदिवसका रुपमा मनाउने गरिएको छ ।
गणतन्त्र अघि भदौ ४ गते मनाउने गरिए पनि गणतन्त्र पछि भने भदौ २९ गते बाल दिवस मनाउन गरिएको हो । यस वर्ष दिवसको नारा हामी सबैको सरोकार, शान्ति, संविधान र सुनिश्चित बालअधिकार राखिएको छ । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान,े बस्ने, पढ्ने, लेख्ने, खेल्ने व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने प्रावधान छ ।
अन्तराष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई बालबालिका मानिन्छ भने नेपालको कानूनले १६ वर्ष मुनिकालाई बालबालिका मानेको छ । सन् २०११ को मानवविकास सुचकांकले नेपालमा कुल जनसंख्याको झण्डै ४९ प्रतिशत बालबालिका रहेको देखाएको छ । ती मध्ये
विद्यालय उमेर समुहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार वालवालिका सडकमा जीवन बिताईरहेका छन् । पाँचदेखि १७ बर्ष उमेरका कुल ७७ लाख ७० हजार बालबालिका मध्ये करिब ४० प्रतिशत बालश्रममा संलग्न हुन बाध्य छन् भने ६ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य छन् ।
सुर्खेतमा भने बिद्यालय जाने उमेरका १ हजार ५ सय भन्दा बढि बालबालिकाहरु बिभिन्न होटल, उद्योग, कलकारखाना तथा यातायातका साधनहरुमा श्रम गर्न बाध्य भएका छन । अभिभावक भेलामा पुरस्कार प्रदान गरीने बताईएको छ । कार्यक्रम बिद्यालयका प्रधानाध्यापक ऋषिप्रसाद थानिको सभापतित्वमा सम्पन्न भएको हो । यसैबिच राष्ट्रिय बालदिबशकै अबसरमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था कालागाउँ सुर्खेतको संयोजन र बालहित संरक्षण उपसमितीको सहयोगमा १० बर्ष भन्दा माथीका बालबालिकाबिच बक्तृत्वकला प्रतियोगीता र १० बर्ष मुनिका बालबालीका बिच मेमोरी गेम सम्पन्न गरीएको छ । उक्त कार्यक्रममा हभागी बालबालीकाहरुलाई जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतबाट निसुल्क रुपमा प्राप्त जुकाको औषधि समेत खुवाईएको छ ।
कार्यक्रम बालहित संरक्षण उपसमितीका संयोजक राधा कार्कीको सभापतित्व तथा राष्ट्रिय सहकारी बैङका केन्द्रिय सञ्चालक हरीहरनाथ योगीको प्रमुख आथीत्यतामा सम्पन्न भएको हो । यसै गरी तीज तथा बाल दिवसको अवसरमा यज्ञपिस होम्स एकेडेमीमा अन्तर कक्षा नृत्य प्रतियोगिता गरियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र खड्काको अध्यक्षतामा भएको प्रतियोगितामा कक्षा १० प्रथम, कक्षा ७ द्वितिय र ५ का विद्यार्थी तृतिय भएका छन् ।
त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेत शाखाको आयोजनमा ‘बाल अधिकारको सुनिश्चितताका लागि हाम्रो भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । सबैले आ–आफ्नो ठाउँबाट बालअधिकारको लागि गोगदान पु¥याउन सकेमा मात्र बालबालिकाको अधिकार सुनिश्चितता सम्भव हुन सक्छ भन्ने धेय राखेर आयोजना गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानद्धारा वितरण गरिने वार्षिक छात्रवृति वितरण गरिएको थियो ।
जिल्ला भरी बाट कक्षा ६ मा अध्ययन गर्ने छात्रछात्रा मध्य बाट छनौट भएका जेहेन्दार तर्फ ३ जना विद्यार्थी र प्रतिभा तर्फ ३ जना गरी जम्मा ६ जना विद्यार्थीहरुलाई जनही नगद रु. ५०००। छात्रवृति स्वरुप रकम प्रदान गरिएको हो । उक्त कार्यक्रका प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी श्री दिपा हमालले प्रतिष्ठानले थालनी गरेको छात्रवृति वितरण कार्यक्रम अत्यन्त प्रशंसनीय भएको उल्लेख गर्दै बालबालिकाको अधिकारको संरक्षणको सुरुवात सबैले आफ्नो घरबाट ग¥यौँ भने प्रतिफल आउन सक्छ भन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला बार एशोसियसनका अध्यक्ष प्रेमध्वज शाही, एस.ओ.एस. हर्मनमाइनर उमाविका प्राचार्य पदमबहादुर हमाल, बाल अधिकार अधिकृत रमादेवी भण्डारी, प्रतिष्ठानका सल्लाहकार गंगा के.सी., स्याक नेपाल सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतले आफ्ना विचारहरु राखेका थिए ।
No comments:
Post a Comment