१५ औं बार्षिक साधारण सभा
सुर्खेत, २९ भदौ ।
गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड छिन्चु–७, सुर्खेतको १५ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । हाम्रो गंगामाला, हाम्रो सहारा’ भन्ने मुल नारा सहित २०५५ सालमा सानो बचत समूहबाट सहकारी जन्मिएको थियो ।
१५ बार्षिक साधारण सभाकै अवसरमा संस्थाका सचिव यज्ञप्रसाद ढकालले हाल सम्म संस्थाले गरेका राम्रा कामहरु, संस्थाको उपलब्धि, आर्थिक अवस्था, ऋण तथा व्याजको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य संचालक दामोदर अधिकारीको प्रमुख आतिथ्यता एवंम सहकारीका अध्यक्ष भिमप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
समाज परिवर्तनमा अग्रसर रहेको छ । न्यूनआर्थिक अवस्था भएका सदस्य, समुदायको सर्वोपरी विकासका लागि अग्रसर रहेको सहकारी संस्थाले स्थानीय सरकारले दिने सेवा सुविधा सबै आफ्ना सदस्यहरुलाई पु¥याउँदै आएको छ ।
बचत तथा ऋण, लद्युवित्त, वृद्धभत्ता, सुत्केरीभत्ता, विधुवाभत्ता, अपाङ्गताभत्ता, बालबालिकालाई छात्रवृत्ति प्रदान, समस्यामा परेका सदस्यहरुलाई आपत्कालिन सहयोग, आयआर्जनमा सहयोग गरी समुदायको आर्थिक उन्नतीका साथै सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको छ । संस्थाको गत आर्थिक बर्षको कूल पूँजी ३ करोड २६ लाख ९० हजार ६ सयमा शुद्ध नाफा ९ लाख ७३ हजार रुपैयाँ भएको जनाईएको छ । संस्थाले चालु आर्थिक बर्षमा गर्ने कार्यक्रम, लक्ष्य, उद्देश्यका बारेमा संस्थाका कोषाध्यक्ष गोकर्णबहादुर गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No comments:
Post a Comment