Friday, September 14, 2012

कुनाथरी गाविस खुल्ला दिशामुक्त घोषणा

गोन्दि खत्री
सुर्खेत,२९ भदौ ।

सुर्खेतको पश्चिम कुनाथरी गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । कुनाथरी हाईहाई खुल्ला दिशा वाईवाई, फोहोर पानी रोगको खानी छोपेर राखौ  खानेपानी लगायतका नाराहरुका साथ विभिन्न झाँकी, ¥यालीका साथ गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।
पूर्वमा गिरीघाट खोला, पश्चिममा पोखरीकाँडा, उत्तरमा पोखरीकाँडा र लेख गाँउ, दक्षिण हरिहरपुर, तरंगा गाविस र भेरी नदि चार किल्ला भित्र रहेका १६ सय ७५ घरधुरी रहेकोमा २९ वटा कच्ची र १६ सय ४६ वटा पक्की चर्पी निर्माण गरी गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।
पूर्ण सरसफाईमा प्रतिबद्धता हामी सबैको ऐक्यबद्धता भन्ने मूल नाराका गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । “एक घर एक चर्पी, नजिकमा धारा खुल्ला दिशामुक्त देशबनाउन लागि परौँ सारा” भन्ने राष्ट्रिय मूल नारालाई आत्मसाथ  गर्दै नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र कुनाथरी गाविसको संयुक्त प्रयासमा ०६७ देखि अभियान सुरु गरिएको थियो । हाल गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न विभिन्न १२ वटा संघ संस्थाको सहयोग रहेको जनाईएको छ ।

उक्त गाँउ विकास समिति भित्र १४ वटा विद्यालयहरु, २ वटा वोर्डिङ्ग  र १५ वटा वालविकास केन्द्रहरु रहेकोमा सवै विद्यालयहरुमा चर्पी निर्माण भईसकेको जनाईएको छ । कार्यक्रममा प्रमुख अथिति जिविस सुर्खेतका ईन्जिनीयर ओमदत्त रेग्मिले कार्यक्रम घोषणा गर्नृ ठुलोकुरा नभएको तर निरन्तरता दिनु महत्वपूर्ण भएको वताएका छन् ।
कुनाथरी गाविसमा जम्मा ८ हजार ४ सय ४० जनसंख्या रहेको छ । जम्मा घरीधुरी १६ सय ७५ रहेको मा २९ कच्ची र १६ सय ४६ पक्कि चर्पी नीर्माण भएका हुन् । कार्यक्रमका सभापति एवंम् गाविस सचिब लालबहादुर केसीले प्रतिबद्धता पत्र पढेर घोषणा गरेका थिए ।
कार्यक्रममा क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालय का ईन्जिनीयर दुर्गा खरेल, नेपाल स्वास्थ्यका लागि पानी नेवाका आयोजना अधिकृत गणेश ढकाल , नेपाली कंग्रेसका कोषाध्यक्ष गोविन्द कोईराला, एमाले का जिल्ला कमिटि सचिवालय सदस्य ताराकेशर गौतम, घनश्याम पाण्डे एकिकृत नेकपा माओवादीका जिल्ला कमिटि सदस्य केशबहादुर शाही  लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बालदिवसको अवसर गाविसका सम्पूर्ण सरकारी र निजी विद्यालयका विद्यार्थी, शिक्षक, महिला समुह र स्थानीयहरुको सहभागिता रहेको थियो । विभिन्न गाँउहरुबाट भmाकी र ¥याली निकालेर सहभागि भएका थिए । नेकपा माओवादीले गरेको बन्दका कारण ढिलोगरी संञ्चालन भएको कार्यक्रममा निरन्तर भएको बर्षाले गर्दा चिल्ला भाषण गर्ने आशा राखेका नेताहरु र अन्य अथितिहरुले मन्तव्य राख्न पाएनन् । कार्यक्रममा निकै उत्साहका साथ उपस्थीत भएका विद्यार्थी महिला बयस्क बृदहरुलाई निरन्तर भएको बर्षाले प्रभावित वनाएको थियो ।

No comments:

Post a Comment