सुर्खेत, ३ असोज ।
समयमै उपचार नपाएर सुर्खेतको कालागाउँस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा वुधवार एक जना गर्भवती महिलाको ज्यान गएको छ । सुत्केरी वेथाले च्यापे पछि दिउँसो १२ बजेतिर अस्पताल लगिएकी सुर्खेतको कल्यान ८ गंगटेकी १६ बर्षिय राधिका बिकको ज्यान गएको हो अस्पतालमा १२ बजे ल्याइए पनि डाक्टरले समयमै उपचार नगरेपछि बेलुकी ५ बजेतिर ज्यान गएको राधिकाका बुवा कृष्णबहादुरले बताए ।
दुई पटक एक्सरे गरेपछि बच्चा मरेको डाकटरले भनेको तर बचाउनको लागि कुनै पहल नगरेको उनले आरोप लगाए । सुत्केरी वेथा लागेपछि राधिकालाई तीनदिन अघि गाउँ नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा लगिएको थियो । दशरथपुरमा उपचार हुन नसकेपछि उनलाई स्टेचरमा राखेर क्षेत्रीय अस्पताल ल्याइएको आफन्तले बताएका छन् ।

समयमै अस्पताल ल्याए पनि ५ घण्टासम्म उपचार नगरेर डाक्टरले लापरवाही गरेको आफन्तले गुनासो गरेका छन् । एक्सरेपछि नर्सले बच्चा मरेको छ आमाको पनि भर छैन भनेपछि छोरीको ज्यान बचाउन आफूले पटक पटक डाक्टरसँग आग्रह गरेको बुवा कृष्णबहादुरले बताए ।
अस्पतालले भने एक्सरेपछि बच्चाको मृत्यु भैसकेको थाहा भए पनि स्वाशप्रस्वास बढेको र बिरामी पनि पूर्ण रुपमा होसमा नभएकोले समयमै अप्रेसन गर्न नसकिएको बताएको छ ।
No comments:
Post a Comment