Wednesday, September 19, 2012

इकाइ भेला सम्पन्न

सुर्खेत, ३ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) क्याम्पस इकाइ समिति वीरेन्द्रनगर बहुमूखी क्याम्पस सुर्खेतको तेस्रो इकाई भेला सम्पन्न भएको छ । भेलाबाट हिरालाल सुनार (राजु) को अध्यक्षतामा ३१ सदस्यीय मूल क्याम्पस ईकाई समिति गठन गरेको छ ।
 समितिको उपाध्यक्षमा टेकबहादुर कार्की, स्भालिका रोकाय, सज्जत खान, सचिवमा धनबहादुर घर्ती , सह—सचिबमा गणेश बस्नेत, दिपेन्द्र खड्का र सुमन रावत र कोषाध्यक्षमा धुमलाल चौधरी लगायत चयन भएका छन् ।
कार्यक्रम संगठनका केन्द्रिय सदस्य केशव शाही प्रमुख अथिति थिए भने केन्द्रिय सदस्यहरु आजित बौडेल, रविना भण्डारी लगायतको उपस्थीति रहेको थियो ।

No comments:

Post a Comment