सुर्खेत,२४ भदौ ।
काफलकोट गाविसको वडा नं. ७ दुर्पालालाई शनिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । आगामी चैत मसान्त भित्र काफ्लकोट गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियान अन्र्तगत वडा नं. सातलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
वडामा ३८ घरधुरी रहेकोमा ३७ वटा पक्कि र एउटा कच्ची चर्पी निर्माण गरेपछि वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जनता प्राविका शिक्षक जगत केसीले जनाएका छन् ।
गाविसका ५ सय ७२ घरधुरी मध्य ३ सय १६ पक्की र ८० वटा कच्ची चर्पी निर्माण भईसकेको र बाँकी निर्माणको क्रममा रहेको समेत गाविसले जनाएको छ ।
पूर्वतयारी अन्तरगत दुई दिने गाविस स्तरीय स्वास्थ्य तथा सरसफाई समन्वय समितिका पदाधिकारी एवंम् अगुवाहरुका लागि खुल्ला दिशामुक्त घोषणाका लागि पूर्वतयारी अभिमुखिकरण गोष्ठि भदौ २२ र २३ गते सम्पन्न भएको छ ।
गोष्ठिमा १५ जना महिला र ३४ जना पुरुषहरुको सहभागिता रहेको जनाईएको छ । कार्यक्रमको सहजिकरण जगत केसी र टेकबहादुर कसेराले गरेका थिए । कार्यक्रमबाट पाँच वटा महत्वपूर्ण निर्णय समेत पारित गरिएको शिक्षक केसीले जानकारी दिएका छन् ।

No comments:
Post a Comment