Sunday, September 9, 2012

आयल निगम घेराउ

सुर्खेत, २४ भदौ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतले केन्द्रिय कमिटी सरकुलर अनुसार दुई घण्टे आयल निगम घेराउ गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा उत्रिएको अनेरास्ववियूले विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।
वर्तमान सरकारले मूल्य बृद्धि गरेर जनता र बिशेष गरी बिद्यार्थीहरुको ढाड सेक्ने काम गरेको आरोप समेत अनेरास्ववियूले लगाएको छ । अनेरास्ववियु सुर्खेतको समानन्तर जिल्ला कमिटीका अध्यक्ष ताराप्रसाद पौडेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा भदौ २५ गते प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्ने, २६ गते मसाल जुलुस गर्ने र २७ गते नेपाल बन्दको कार्यक्रम सफल पार्ने विज्ञप्तिमा जनाईएको छ ।

No comments:

Post a Comment