पुरुषहरु पनि छमछम तिजमा
सुर्खेत, २ असोज ।
संधै जसो सुसान र खाली देखिने सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्च मंगलबार भने मानिसहरुले भरीभराउ थियो । राता हरीया सारी अनि गरगहनाले भरी— भराउ महिलारुनै थिए खुल्ला मञ्चका आर्कषक अनि सहभागि पात्रहरु । मंगलबार हरीतालिका तिजको अवसरमा वागीना समुूह सुर्खेतले आयोजना गरेको हरीतालिका तिज सद्भावना मेला २०६९ ले सबै दिदी बहिनीहरुलाई एकै ठाउँमा जम्मा भएर नाच्ने अवसर जुटाएको थियो ।
साना साना बालबालिकाहरु होस या बृद्धआमाहरु किन नहोस छमछम कम्मर मर्काइ—मर्काई नाँच्दा उनीहरुलाई उमेरको प्रवाहा नै थिएन् । आयोजकले बाल प्रतिभा, ज्यष्ठ महिला, उत्कृष्ठ नृत्य, उत्कृट भेषभुषा र बाद्यादन तर्फ उत्कृष्ठलाई पुरस्कृत गर्ने भनेकाले होला खालि वर्त बसेका महिला दिदि बहिनीहरु भोक र प्यासको प्रवाहनै नगरी छमछमी नाचिरहेका थिए ।
हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको दिन अविवाहित महिलाहरु राम्रोे श्रीमान पाउँ भनेर र विवाहित महिलाहरुले आफ्नो श्रीमानको दिर्घायूका लागि व्रत बस्ने प्रचलन रहेको छ । पछिल्लो समयमा नेपालका अन्य चाडपर्वहरुमा व्यथिति र तडकभडक छाइरहेकोमा तिज पनि यसको अछुतो रहन सकिरहेको छैन् । पहिले मादल र स्थानीय भाकाहरुमा चेलिबेटिले आफ्ना दुख्ख पिरहरु गीत मार्फत प्रस्तुत गर्ने पर्वको रुपमा रहेको तिज पछिल्लो समयमा भने पुराना गीत मादल नभएर क्यासेटका गीतहरुमा नाच्ने प्रचलन बढेको छ ।

मेलाको आयोजक तथा व्यवस्थापक वागीना समूह आफैले प्रस्तुत गरेका अधिकांश नृत्यहरु क्यासेटका गीतहरुमा थिए । अर्काे अचम्मको कुरा त के थियो भने महिला दिदीबहिनीहरुले नाचेर मनाउँदै आएको हरीतालिका तिजमा पुरुषहरु छमछम नाचिरहेका थिए । यति मात्रै होईन मेलामा उपस्थित दर्शक त्यसको आधा भन्दा बढी संख्या पुरुषहरुकोनै थियो । सहभागिहरुले गाएका धेरै जसो गीतहरु पनि उत्ताउला र लोकभाव कम समेटिएका थिए ।
आयोजकले गरेको निर्णयले समेत पुरुषहरुले नाचि रहेको नाच समूहलाई नै उत्कृष्ठ स्थानमा निर्णय गरेको थियो । आयोजकले जम्मा छ वटा विदामा पुरस्कृत गरेको थियो जसमध्य भैरब स्थानको बस्याल महिला समूह सबै भन्दा उत्कृष्ठ र नृत्यतर्फ सिद्धार्थ क्लब चनौटे, बाध्यबाधन तर्फ दिदिबहिनी महिला समूह, भेषभुषातर्फ राधा कृष्ण मन्दिरको समूह, बृद्ध महिला तर्फ कौशिला गिरी र खगिसरा ढकाल र बालकलाकारतर्फ सिद्धार्थ क्लबकै दश बर्षका सुजन नेपाली उत्कृष्ठ भएका छन् ।
मेलालाई रुचि चाउचाउ, न्यू दैलेखि आभुषण कला केन्द्र, न्यू पोखरा आभुषण केन्द्र, गुरुङ् जनरल स्टोर, माया नर्सीङ होम, वीरेन्द्र फेन्सी स्टोर, सुरज सुनचाँदी पसल, भवानी छापाखाना लगायतले प्रायोजन गरेका थिए । कार्यक्रममा वागीना समूह सुर्खेतले कला संस्कृतीको क्षेत्रको काम गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
No comments:
Post a Comment