सुर्खेत, २ असोज ।
कल्याण घरभै वीरेन्द्रनगर—६ हटियामा नास्ता पसल संचालन गर्ने हिरा गुरुङलाई हत्या गरेको आशंका गरिएको छ । उनलाई रामघाट निवासी तुलाराम वलीले विवाह गर्ने भन्दै ७÷८ दिन अघि भगाएर लगेका थिए । विगत दुई बर्षदेखि दुवै जनाको फोन सम्पर्क नियमित भैरहने गरेको आफ्न्तले बताएका छन् ।
घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्छु भन्दै प्रलोभनमा पारेका वलीले भदौं ३१ गते विहान छिन्चु मसिना स्थित आफ्नो ठुलो बुबाको घरमा ल्याएर राखेका थिए । पहिलो श्रीमति र घरपरिवारलाई मिलाउँछु भन्दै हिडेको केहि समय पछि उनी झुण्डिएको अवस्थामा फेला पारेका प्रत्यक्षदर्शीले बताएका छन् । घरकै कोठामा झुण्डिएको अवस्थामा भेटाईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेशकुमार तामाङले जानकारी दिए ।

केटी पक्षियहरुले पहिले हत्या गरी पछि झुण्डयाएर केटा भागेको आशंका गर्दै प्रहरीमा जानकारी दिएका थिए । झुण्डिएको अवस्थामा भेटिएको सोल, घटना स्थलमा देखिएका केहि अन्य वस्तुहरु र लासको अवस्था अनुसार हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
सोमबार साँझ क्षेत्रीय अस्पताल सुर्खेतमा लास ल्याईएपनि बुझने कोही नभेटिँदा लासको पोष्टमार्टम हुन सकेको छैन् । घटनाको अनुसन्धान गरिँएको बताउँदै प्रहरी निरीक्षक तामाङले थप अनुसन्धानका लागि केटा तुलाराम वलीलाई वीरेन्द्रनगरबाट नियन्त्रणमा लिईएको जनाईएको छ ।
No comments:
Post a Comment