Monday, September 10, 2012

भूपु सैनिकको अध्यक्षमा गुरुङ्ग

सुर्खेत, २५ भदौ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्यसमिती सुर्खेतको पाँचौ जिल्ला सम्मेलनले खगेन्द्रबहादुर गुरुङ्गको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा खड्कबहादुर घर्ती, सचिवमा सन्तबहादुर सारु, कोषाध्यक्षमा गंगाराम सुनार लगायत चयन भएका छन् । सम्मेलनमा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष धनबहादुर चन्दले भूपूसैनिकको हकहितको लागि सधै संगठन अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष नवराज रावत, संगठन विभाग प्रमुख अमृत विसी लगायतले आ—आफ्नो भनाई राखेका थिए ।

No comments:

Post a Comment