नेपालगन्ज, २ असोज ।
लामो समयदेखि बाँकेमा भारतीय नोटको अभाव सिर्जना हुँदै आएपछि व्यापारी र भारतमा उपचार गराउन जानुपर्ने बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । चिकित्सकले भारतमा उपचारका लागि लैजान सिफारिस गरेका बिरामीका अभिभावकले घन्टौँ नेपालगन्जस्थित विभिन्न बैंक र मनिचेन्जरमा धाउँदासमेत माग गरिएजति भारतीय नोट पाउन सकेका छैनन् ।

नेपालगन्जस्थित शिक्षण अस्पतालले भारतको लखनउ अस्पतालमा उपचारका लागि सिफारिस गरेको सल्यानका एक बिरामीका आफन्तले समयमा भारतीय नोट नपाएका कारण ती बिरामीले अकालमा ज्यानसमेत गुमाउनुपरेको थियो ।
एकोतर्फ, आवश्यक परेका बेला भारतीय नोट नपाएर बिरामीले ज्यान गुमाउने अवस्था समेत सिर्जना भएको छ भने अर्कोतर्फ स्थानीय केही समूह र व्यक्तिहरुले भने भारतीय नोटको कालोबजारी समेत सुरु गरेको पाइएको छ । कालोबजारी गर्ने समूहले नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सयकडा १० देखि १५ सम्म बढी ‘बट्टा’ लिएर भारतीय नोटको अवैध सटही कारोबार गर्दै आएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार शर्माले बाँकेमा भारतीय नोटको अभाव दिन प्रतिदिन बढ्दै गएकाले उद्योग, व्यापारमा समेत प्रतिकूल प्रभाव परेको र नोटको अभावमा कतिपयको अवैध कारोबार फस्टाउँदै गएको बताउनुभयो । यहाँस्थित नेपाल राष्ट्र बैंकले भारतीय नोटका लागि आउने नेपालीलाई नागरिकता तथा अन्य प्रमाणपत्रको आधारमा प्रतिव्यक्ति रु एक हजार ३०० सम्म दिने गरेको जनाएको छ । तर, भारतमा उपचारका लागि लैजानुर्पने बिरामी र विशेष कामको सिलसिलामा भारत जानुर्पने व्यक्तिलाई १० हजारसम्म भारु नोट दिने गरेको छ ।
No comments:
Post a Comment