Saturday, June 29, 2013

हस्तविर प्राविमा शिविर, आठ सयको स्वास्थ्य परिक्षण

हस्तविर सामुदायिक प्राथमिक विद्यालय वीरेन्द्रनगर—११ मा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सनिबार सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, प्राविधिक स्वास्थ्यकर्मी संघको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले निःशुल्क स्वास्थ्य सेवा शिविरलाई नगरका प्रत्येक वडा वडामा विस्तार गर्नुपर्ने बताए । निःशुल्क स्वास्थ्य उपचार सहित औषधी पाउने जनताको अधिकारलाई सुरक्षित गर्दै आगामी दिनमा नगरपालिकाले शिविरलाई वडा वडामा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
सिनियर डा. राजेन्द्र जिसीको नेतृत्वमा डा. सुदन थपलीया, डा. ज्योतिप्रभा भारती, डा. रोविन्स ढकाल सहितका १८ जना स्वास्थ्यकर्मीहरुको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविर उद्घाटनका अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष तुल्सी अधिकारी, प्राविधिक स्वास्थ्यकर्मी संघका माधवप्रसाद ढकाल, सल्लाहकार बसन्तमान श्रेष्ठ, अम्मरज्योति उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्य सहितले आ—आफ्नो भनाई राखेका थिए ।
सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, स्त्रि रोग सेवा, छाला रोग सम्बन्धि विद्यालयको सेवा क्षेत्रभित्रका अभिभावक, बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर ढेङ्गामगरले विद्यालयको शैक्षिक, प्रशासनिक अवस्था र निःशुल्क स्वास्थ्य शिविरको औचित्यका बारेमा जानकारी दिएका थिए ।
शिविरमा महिला ५ सय ४६ जना, पुरुष २ सय ५५ जना गरी जम्मा ८ सय ०१ जनाले सेवा लिएका छन् । छाला रोग परिक्षण २९ जना, दन्त परीक्षण ६४ जना, स्त्रि रोग परिक्षण ३० जना र जनरल स्वास्थ्य परिक्षण सेवा ६ सय ७८ जनाले  लिएको व्यवस्थापन समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment