नेपाल राष्ट्रिय शिक्षक संगठनको हालै सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन पछि निर्वाचित केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायलाई शनिबार एक कार्यक्रमवीच सम्मान तथा बधाई दिईएको छ । शिक्षक संगठन जिल्ला कार्यसमिति सुर्खेतले एक समारोह बिच संगठनका केन्द्रीय सदस्य एवंम भेरी अञ्चल इन्चार्ज उपाध्यायलाई सम्मानित गरिएको हो ।
शिक्षक संगठन जिल्ला कार्यसमिति सुर्खेतको सम्पन्न बैठकले संगठनको भेरी अञ्चल स्तरीय प्रशिक्षण भेला यही २३ गते वीरेन्द्रनगरमा गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्लाको शैक्षिक समस्याका बारेमा छलफल गरी उच्च मावि मेहली, मावि गम्खोला, मावि लापु विद्यालयमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरिएको जनाईएको छ ।
No comments:
Post a Comment