मध्यपश्चिमाञ्चल विश्वविद्यालय आयोजक मूल समितिका संयोजक तथा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका अध्यक्ष भुषणकुमार मानन्धरले विश्वविद्यालयका पदाधिकारीहरुले धम्की दिएको बताएका छन् ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस समायोजन प्रक्रियाकै क्रममा वार्ता भैरहँदा पदाधिकारीहरुले तोडफोड, आगजनी र मानविय क्षति समेत पु¥याउने धम्की दिएको शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरे ।
पदाधिकारीहरुकै निर्देशनमा बहुमुखी क्याम्पसका केही प्राध्यापक—कर्मचारीको अगुवाईमा क्याम्पसमा तालाबन्दी, तोडफोड सहित क्षति पु¥याउने काम भएको बताए । उनले भने “पदाधकारीज्यू मै समस्या छ । हाम्रो कुरा सुन्दै सुन्नुहुन्न । हामीले भनेको तपाईले मान्ने कि तपाईले भनेको हामीले मान्ने भन्ने पदाधिकारीमा यही दम्भ छ ।”
विश्वविद्यालय ऐन अनुसार नचलेको बताउँदै अध्यक्ष मानन्धरले क्याम्पस समायोजनका क्रममा सहयोग पु¥याउँदा पु¥याउँदै वेवास्ता गरिएको बताए । “बहुमुखी क्याम्पसलाई अपाङग बनाईएको छ । उच्च शिक्षा परियोजना अन्तर्गत आएको १६ करोड समेत फिर्ता भएको छ” उनले जानकारी दिए ।
“भर्ना रोक्नुस भन्नुभयो हामीले मान्यौ, प्रवेश परीक्षा संचालन गरिदिनुस भन्नुभयो हामीले ग¥यौं । कक्षा संचालन गर्न भवन दिनुस भन्नुभयो हामी दियौं । क्याम्पस हस्तान्तरण गर्नुस भन्नुभयो हामीले एमओयु गरेर लैजानुस भन्यौं । १५ दिन भित्र समायोजन गरिसक्ने सम्झौता पनि भयो तर एक महिना विति सक्दा उहाँहरुले समायोजनको प्रक्रिया थाल्नुभएको छैन्” अध्यक्ष मानन्धरको भनाई थियो ।
प्राध्यापक—कर्मचारी समायोजन, भौतिक संरचना सहितको सम्पत्ति हस्तान्तरण, विद्यार्थीको परीक्षा संचालन, विद्यार्थीलाई उत्तीर्ण प्रमाणपत्र प्रदान सहितका विषयमा त्रिभुवन विश्वविद्यालय र मप विश्वविद्यालयका बिचमा २०६९ चैत्र ३० गते सम्झौता भएको थियो । सम्झौता भएको १५ दिन भित्र क्याम्पसलाई विधिवत मप विश्वविद्यालयमा समायोजन गर्ने तोकिएपनि एक महिना विति सक्दा समेत कुनै प्रक्रिया नबढाईएको अध्यक्ष मानन्धरले जानकारी दिए ।
उनले भने “सम्झौता भएको १५ दिन विति सक्यो । तर समायोजनको काम अहिले सम्म हुन सकेन, अव क्याम्पस समायोजन गरौं भन्ने नैतिक तथा कानूनि अधिकार विश्वविद्यालयका पदाधिकारीमा सकिएको छ ।”
No comments:
Post a Comment